Homeसमाचारजुकेखाडी वन समूहको २४ औं उपभोक्ता भेला

जुकेखाडी वन समूहको २४ औं उपभोक्ता भेला

शनिश्चरे १८ पुस । अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २४ औं बार्षिक उपभोक्ता भेला शुुक्रबार सम्पन्न भएको छ ।
समूहको अध्यक्ष दिव्यप्रसाद कट्टेलको अध्यक्षता तथा १ नम्बर प्रदेशका वन तथा वातारण मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २३ जना बोल्न नजान्ने उपभोक्तालाई सम्मान गर्नुका साथै वन संरक्षणमा सहयोग पुर्याउने सात जनालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा गंगाबहादुर वाग्ले, अर्चना न्यौपाने, नेत्र चापागाँई, रुद्र बोहरा, टिका तिम्सिना, गोविन्द नेपाल र लोकनाथ दुलाल रहेका छन् । पुरस्कृतलाई प्रमसख अतिथिले सम्मान पत्र र नगद राशीसहित पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा संस्थाको सांगठानिक प्रतिवेदन अध्यक्ष कट्टेल, आर्थिक प्रतिवेदन लेखा समिति संयोजक रामकुमार महत, नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन हरिराम शर्मा र अनुगमन प्रतिवेदन लक्ष्मीप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री कुसियत, अतिथिहरु प्रदेश सांसद बृखबहादुर प्रधान, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, जिल्ला वन डिभिजन कार्यालय भद्रपुरका प्रमुख विष्णुलाल घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजुकेखाडी वन समूहको २४ औं उपभोक्ता भेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img