Homeमनोरञ्जनघिमिरेको ‘अन्तिम प्रश्न’माथि चर्चा

घिमिरेको ‘अन्तिम प्रश्न’माथि चर्चा

झापा १८ पुष । भोजराज घिमिरेद्वारा लिखित कथासंग्रह ‘अन्तिम प्रश्न’ मा आधारित रहेर अन्तरक्रिया सम्पन्न भएको छ ।
विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित अन्तरक्रियामा कथा संग्रहमाथि चर्चा गर्दै उनीहरुले कृतिमा उल्लेख गरिएका कथाबस्तुका आधारमा पुस्तकले समाजमा पार्नसक्ने सकारात्मक प्रभाव, परिवेश, पात्र, समाजको चरित्र र कथाकारको प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका भाषा शैली, वर्तमानमा पाठकको चाहना र कथामा देखिएका कमजोरी औल्याउँदै सुझाव राखेका थिए । पुस्तक माथि महेश पौडेल, शिरो सान्दाई, कुमार भट्टराई, केशव खनाल र पुस्तकका सम्पादक घनेन्द्र ओझाले चर्चा गरेका थिए ।
पुस्तकमाथि चर्चा गर्दै महेश पौडेलले कुनै पनि सर्जकले कृति सिर्जना गर्दा कुनै पनि वाद, सिद्धान्त र पद्धतिमा आधारित रहेर सिर्जना नगर्ने धारणा राख्नु भयो ।

एउटा राष्ट्र सेवक देशको सबैभन्दा उच्च पदमा पुगेर रिटायर्ड हुन्छ र कृति रचना गर्छ भने त्यसले उसको अनुभूति लेख्यो कि लेखेन भन्ने कुराको खोजी पाठकले गर्नुपर्ने धारणा राख्दै साहित्य वर्तमानको यथार्थमात्र नभएर भविष्यको पनि दर्पण भएको बताउनु भयो ।
कार्यक्रममा पूर्व प्राध्यापक शिरो सान्दाईले समाजमा उपल्लो समुदायका पात्रको मात्र सहभागिताले समावेशी समाजलाई चित्रण गर्न नसकेको टिप्पणी गर्दै कृतिमा पात्र चयनमा लेखक चुकेको बताउनु भयो । आदर्श परिवारमा हुर्किएका घिमिरेले कथामा पनि समाजको आदर्शलाई कायम राखेको आफूले पाएको बताउँदै शिरो सान्दाईले एउटा पाठक भएर हेर्दा कथाकार परम्परागत चरित्रबाट कथामा मुक्त हुन नसकेको औल्याउनु भयो ।
त्यसैगरी कुमार भट्टराईले सामाजिक परिवेशमा आधारित रहेर लेखिएको कथामा बालमनोविज्ञानलाई उजागर गरेको बताउनु भयो । कथा अलि लामा लामा हुँदा पाठकलाई केही अप्ठ्यारो महशुस हुने भएपनि पात्र र परिवेशले तानेर लानसक्ने प्रस्तुती रहेको बताउनु भयो ।
साहित्यकार केशवराज खनालले कथा संग्रहमा कथ्य भाषाको प्रयोग प्रशस्तै भएपनि ग्रामिण तथा सहरिया परिवेशका क्षमतावान पात्रहरुको प्रयोगले कथासंग्रहलाई अत्यन्तै गहकिलो बनाएको धारणा राख्नु भयो । कथामा पूर्वीय भाषाको प्रयोगले यसको महत्व अझ बढाएको बताउँदै राजनीतिक परिवेशले राजनीतिक दलका नेतामा देखिएको परिवर्तन जनताले भोग्नु परेको अवस्थाको चित्रणले सबैको मन छुने बताउनु भयो ।
त्यसैगरी कथासंग्रहका सम्पादक घनेन्द्र ओझाले कथामा सामाजिक मूल्य र मान्यतामा आधारिक कथामा प्रयोग गरिएका शब्द, शैली सरल हुनुका साथै परम्परागत शैलीको प्रयोग गरिएको बताउनु भयो । वर्णनात्मक शैली र ठूलो आकारमा लेखिएको कथासंग्रहमा पछिल्लो समय मानवीयतामा देखिएको विचलनको समेत उजागर गरेको बताउनु भयो ।
सो क्रममा कथा संग्रह ‘अन्तिम शीर्षक’ कथाका विषयमा भने चर्चाकारहरु केन्द्रीत भएका थिए । उक्त कथामा कथाकारले पस्किएका कथावस्तुको भावकाबारेमा भने लेखकसंग प्रश्न गरेका थिए ।
अन्त्यमा धन्यवाद दिंदै कथा संग्रहका लेखक घिमिरेले आफूले सहरिया भन्दा ग्रामिण परिवेशलाई लक्षित गरी कथा लेखिएको उहाँको स्पष्टोक्ति थियो । नेपाल सरकारका पूर्व मुख्य सचिव समेत रहनु भएका घिमिरेले आफूसंग पनि साहित्यिक प्रतिभा छ भन्ने सन्देस छोड्नका लागि पुस्तक लिएर उपस्थित भएको जानकारी दिंदै आगामी दिनमा नयाँ कृति लिएर आउने संकेत पनि गर्नुभयो ।
घिमिरेद्वारा लिखित अन्तिम प्रश्न कथा संग्रहमा १६ वटा लामा तथा छोटा कथाहरु समेटिएका छन् । ती मध्ये क्यानडाको राजदुत भएर बस्दा लेखिएका ३७ वटा कथा मध्ये पहिलो कृति अन्तिम प्रश्नमा १३ वटा कथा समावेश गरिएको लेखक घिमिरेले जानकारी दिनुभयो ।
मिडिया रिसर्च सेन्टरका प्रमुख तीर्थ सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गर्नुभएको थियो भने स्वागत पुष्प पौडेलले गर्नु भएको थियो । सो अवसरमा झापालाई कर्मथलो बनाइ साहित्यमा क्रियाशील अग्रज तथा नयाँ पुस्ताका साहित्य सर्जकहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनघिमिरेको ‘अन्तिम प्रश्न’माथि चर्चा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img