Homeसमाचारएकता टोल विकास संस्थाको अध्यक्षमा सिटौला

एकता टोल विकास संस्थाको अध्यक्षमा सिटौला

झापा । एकता टोल विकास सस्था बिर्तामोड–४ को अध्यक्षमा हरिप्रसाद सिटौला निर्वाचित हुनु भएको छ । संस्थाको तेस्रो साधारणसभाले आगामी २ वर्षे कार्यकालका लागि सिटौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भुमादेवी घिमिरे, सचिव गोपाल बाह्रकोटी, सहसचिव उषा खरेल र कोषाध्यक्ष्मा भिम श्रेस्ठ रहनु भएको छ । यस्तै सदस्यहरुमा जमुना राजबंशी, लक्ष्मीप्रसाद प्रसाई, दूधबहादुर गुरुङ्ग, कृष्ण राजबशी, कुमार मैनाली र कृष्णमाया खरेल चयन भएका छन् ।

यसैबीच साधारणसभाले शिक्षासेवी राजेश खड्काको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा राजकुमार शाह, प्रीति बुढाथोकी, डम्बर खड्का, हिमालय कन्दङ्वा, वेदप्रसाद रेग्मी, भुवन ढकाल, आश्मा कन्दङ्वा र यज्ञ चूडाल रहेका छन् ।
विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, पतञ्जली योग समिति झापा अध्यक्ष देवीप्रसाद घिमिरे, विर्तामोड अध्यक्ष हिमालय कन्दङ्वा, समाजसेवी होमप्रसाद सिटौला लगायतले निर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो । सो अवसरमा टोलका ज्येष्ठ नागरिक ८३ वर्षीया कृष्ण चूडाल, ७५ वर्षीया नरमाया ढकाल र उत्कृष्ट चन्दा दाता गङ्गादेवी सिटौलालाई सम्मान गरिएको थियो ।
निर्वाचित उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत र कोषाध्यक्ष भिम श्रेष्ठले आय–ब्यय प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव गोपाल बाह्रकोटीले गर्नु भएको थियो । बि.स.२०७३ सालमा ‘एकता टोल सुधार सस्था’को रुपमा जिल्ला प्रशासन झापामा दर्ता भएको यो संस्था आज तेस्रो साधारणसभा सम्पन्न गर्दै बिधिवत रुपमा टोल बिकास संस्थामा परिणत भएको छ । ५१ घर धूरी समेटिएको टोल विकास संंस्थामा ६ वटा रोड ब्लक रहेका छन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकता टोल विकास संस्थाको अध्यक्षमा सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img