Homeसमाचारसूर्योदयको मुनाफ १० लाखबढी

सूर्योदयको मुनाफ १० लाखबढी

झापा १४ पुस । सूर्योदय दुग्ध सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभा सोमबार विर्तामोडमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ झापाका अध्यष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश ढकालले साधारणसभाको समद्घाटन गर्दै निजी क्षेत्र र सहकारीलाई जोड्न सके लगानीमैत्री वातावरण बन्ने धारणा राख्नुभयो ।


सहकारीमा पूँजी र निजी क्षेत्रका व्यक्तिसंग उद्योग स्थापना, उत्पादन र बजारीकरणको आइडिया रहेको उल्लेख गर्दै ढकालले पिपिपि मोडलमा सहकारीलाई कसरी अगाडि बढाउने भन्ने बहस प्रारम्भ भएको धारणा राख्नुभयो । विभिन्न ३६ वटा ऐन संशोधन गरेर सहकारीले सबै क्षेत्रमा लगानी गर्न सक्ने कानूनी प्रावधानको तयारी भइरहेको ढकालको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराई, उपभोक्ता संरक्षण मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, विर्तामोड नगरपालिका ४ नं वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौला, टीकाप्रसाद रिजाल, एक्सल डेभलमेन्ट बैंकका सुमन लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व डा. शरद भट्टराई, उत्कृष्ट बाल बचतकर्ता आयुस्ना सापकोटा, उत्कृष्ठ बचतकर्ता पूर्णिमा चौधरी, उद्यमी महिला मनिता चेम्जोङ, उत्कृष्ट ऋणी रेवतिरमण गड्तौला लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष खगेन्द्रनाथ ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बद्रीप्रसाद भट्टराई र सञ्चालन सचिव होमबहादुर कार्कीले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ढुङ्गानाले आर्थिक वर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष १० लाख ७० हजार आठसय ६ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिंदै चालु आवको अन्त्यसम्ममा १८ लाख ५४ हजार १ सय १८ रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
संस्थामा हाल ९ सय बढी शेयर सदस्य रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसूर्योदयको मुनाफ १० लाखबढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img