Homeसमाचारकर्णाली र भेटेरिनरी सहकारीको नयाँ नेतृत्व

कर्णाली र भेटेरिनरी सहकारीको नयाँ नेतृत्व

अध्यक्षमा पुनः टसबहादुर

झापा १२ पुस । कर्णाली बचत तथा ऋण सहकारी लि.को आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ ।
संस्थाको अध्यक्षमा पुनः टसबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । आगामी कार्यकालका लागि समितिको उपाध्यक्षमा ईश्वरीप्रसाद खरेल, सचिवमा भूपाल बस्नेत र कोषाध्यक्षमा एकराज विष्ट चयन हुनु भएको विर्तामोडमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
निर्वाचन समितिको कार्यतालिका अनुसार संस्थाको सञ्चालक समिति र लेखा समिति चयनका लागि गत पुस ७ गते उम्मेद्वार मनोनयन दर्ता गराइएको थियो । संस्थाका शेयर सदस्यहरुको चाहना अनुसार पुष ८ गते सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ ।
समितिका सदस्यहरुमा गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक लुईंटेल चयन भएका छन् ।
रामप्रसाद गौतमको संयोजकत्वमा गठित लेखा समितिको सदस्यहरुमा मनकुमार बेघा र निलम प्रधान रहेका छन् ।

अध्यक्षमा पुनः सापकोटा
हाम्रो भेटेरिनरी सेवा सहकारी विर्तामोड–६ को छैटौं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले डा. दिलिप सापकोटालाई पुनः अध्यक्ष चयन गरेको छ । आगामी तीन वर्षे कार्यकालका लागि उपाध्यक्षमा खेमप्रसाद सिटौला, सचिवमा देवेन्द्र मैनाली, सहसचिवमा सुरेस विष्ट र कोषाध्यक्षमा घनेन्द्र पराजुलीलाई चयन गरेको बताइएको छ ।
समितिका सदस्यहरुमा प्रकाश ओझा, पुष्प निरौला, सेविका शिवाकोटी र रोसन बस्नेत रहेका छन् ।
अधिवेशसनले लोकेन्द्रकुमार भुजेल संयोजक रहेको ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिका सदस्यहरुमा दिपक फुयाल र शुक्रराज तुम्रोक रहेका छन् ।
यसअघि डा. दिलिप सापकोटाको अध्यक्षता तथा पशु अपस्पताल तथा विज्ञ केन्द्र भद्रपुरका प्रमुख डा. गंगाराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विशेष अतिथि डा. प्रल्हाद सापकोटा, पशुपंक्षी औषधी व्यवसायी संघ मेचीका अध्यक्ष दिपेन्द्र निरौला, उज्वल भट्टराई, पदमलाल राई, तुलसी भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु भट्टराई र स्वागत खेमप्रसाद सिटौलाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकर्णाली र भेटेरिनरी सहकारीको नयाँ नेतृत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img