Homeसमाचारकर्णाली साकोसको प्राथमिकता उत्पादनमुखी लगानी

कर्णाली साकोसको प्राथमिकता उत्पादनमुखी लगानी

झापा १२ पुस । १८ वटा सेवाकेन्द्रमार्फत २९ हजार एकसय ९३ सदस्यमा सेवा विस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले सदस्यता विस्तारमा भन्दा उत्पादनमुखी लगानीमा जोड दिएको छ ।
सरकारले आर्थिक बर्ष २०७७ कात्तिकदेखि कोकोमिस सफ्टवेयरमार्फत ‘एक ब्यक्ति एक सहकारी नीति’ लागु गर्ने भएपछि संस्थाले सदस्यता विस्तारलाई कडाइ गर्दै भएका सदस्यको सुरक्षणका लागि ब्यवसायिक तथा वित्तीय ब्यवस्थापनलाई प्राथमिकतामा राखेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिनुभयो ।
सहकारीको १९ औं साधारणसभाको तयारीबारे जानकारी दिन विर्तामोडमा शनिबार आयोजित पत्रकार भेटघाटमा पत्रकारहरुको जिज्ञाशाको जवाफ दिदै अध्यक्ष प्रधानले सदस्यहरुको सामाजिक सुरक्षा, ऋण लगानीमा सहजता, ऋण प्रवाहमार्फत सदस्यलाई उद्यमशील र स्वरोजगार बनाउने बताउँदै वित्तीय साक्षरता कार्यक्रममा सदस्यहरुलाई संस्था रोज्न आह्वान गरिएको जानकारी दिनुभयो ।


कर्णाली साकोसले आगामी आर्थिक बर्षमा इलाम र मोरङसहित २ जिल्लामा कार्यक्षेत्र विस्तार र ३५ हजार शेयर सदस्य पु¥याउने लक्ष लिएको छ । अध्यक्ष प्रधानका अनुसार हाल संस्थामा ६५.६३ प्रतिशत महिला र ३४.३७ प्रतिशत पुरुष सदस्य रहेका छन् ।
सदस्य तथा सेवाकेन्द्रमार्फत संस्थागत उत्पादनतर्फ सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेर सदस्यहरुको हातमा सीप, घरघरमा ब्यवसाय र रोजगारसहित समृद्ध सदस्य बनाउने लक्ष लिएको बताउँदै संस्थाका सचिव भूपाल बस्नेतले शेयर सदस्यहरुको सामाजिक सुरक्षाका लागि उपचार, कर्जा सुरक्षण, उपचारमा सरल कर्जा प्रवाह, विपद ब्यवस्थापनमा सरल कर्जा र सहयोग, सदस्यको मृत्युमा राहत, सुत्केरी सुविधा, छात्रबृद्धिको ब्यवस्था, जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो ।
भिजन २०८० को लक्षसहित अगाडि बढेको संस्थाले सुविधासम्पन्न अस्पताल स्थापना गर्ने र सदस्य उपचार कोषको रकम ५ करोड पुगेपछि जटिल प्रकृतिका रोगको उपचारका लागि १० लाख रुपैयाँसम्म खर्च उपलब्ध गराउने लक्ष लिएको छ। उपचार कोषको रकम ५ करोड नपुगेसम्म सदस्यको उपचार खर्चको ४० प्रतिशत रकम ब्यहोर्ने संस्थाको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । सदस्य उपचार कोषमा हाल २ करोड १३ लाख, ९६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । यस कोषमा संस्थाले कुल मुनाफाको पाँच प्रतिशत रकम बर्षेनी बृद्धि गरिरहेको छ भने सदस्यहरुबाट पनि संकलन गरिरहेको बताइएको छ ।
गत आ.ब.मा २६ करोड, ६८ लाख ३२ हजार २४ रुपैयाँ आम्दानी गरेको संस्थाले २१ करोड, ६३ लाख ११ हजार ५ सय ६५ रुपैयाँ खर्च गरी ५ करोड ५ लाख २० हजार ४ सय ५९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सामुहिक उद्यमशिलतालाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्ने जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकर्णाली साकोसको प्राथमिकता उत्पादनमुखी लगानी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img