HomeFeatured 2नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघको अध्यक्षमा सिरतलाल

नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघको अध्यक्षमा सिरतलाल

बिर्तामोड ३२ असार । नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ (काउन) झापाको आठौं जिल्ला अधिवेशन आज बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध उक्त संघको अध्यक्षमा सिरतलाल राजवंशी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । ११ सदस्यीय उक्त समितिको उपाध्यक्षमा राम राई, महिला उपाध्यक्षमा प्रमिला अधिकारी, सचिवमा सञ्जय शेख, सहसचिवमा सचिन धिमाल र कोषाध्यक्षमा मानिक राजवंशी चयन हुनुभएको निर्वाचन समिति संयोजक जयकुमार दाहालले जानकारी दिनुभयो ।
सर्वसम्मत रुपमा गठित समितिका सदस्यहरुमा रामलाल राजवंशी, मोती चौधरी, विजय राजवंशी, राम राजवंशी र कार्तिकलाल राजवंशी चयन हुनुभएको छ ।
सिरतलाल राजवंशीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष एवं प्रमुख अतिथि यज्ञप्रताप अधिकारीले सबै गाउँ÷नगरमा संगठन विस्तार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेलले सबै मजदुरहरुलाई एकताबद्ध गरेर सबल संगठन बनाउन आग्रह गर्नुभयो ।
काउनका केन्द्रीय सदस्य बुद्धिप्रसाद पाण्डे, प्रभुलाल राजवंशी लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सञ्जय शेखले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघको अध्यक्षमा सिरतलाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img