Homeशिक्षात्रिदेवको आठौं क्याम्पस सभा सम्पन्न

त्रिदेवको आठौं क्याम्पस सभा सम्पन्न

दुई अक्षयकोष घोषणा तथा सम्मान र पुरस्कृत

झापा ११ पुस । त्रिदेव बहुमुखी क्याम्पस, चालआली झापाको आठौं क्याम्पससभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष नेउपानेको अध्यक्षता तथा ३ नं. प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख माधव प्याकुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सोही क्याम्पसका उप–प्राध्यापक तथा सह–प्राध्यापकद्वय गोपीकृष्ण भट्टराई र साबित्रा दाहाल भट्टराईले आफ्ना दिवंंगत पिता–माता स्व. मनप्रसाद र गोमादेवी भट्टराईको स्मृतिमा यस क्षेत्रका जेहेन्दार, गरिव विद्यार्थीलाई छात्रावृत्ति तथा समाजका अग्रज व्यक्तिलाई ब्याज रकमबाट बार्षिक रुपमा सम्मान गर्ने गरी एकलाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । त्यसैगरी क्याम्पसको तर्फबाट आगामी ५ वर्षमा रु १ करोड पु¥याउने लक्ष्यका साथ प्राध्यापक कल्याण कोष स्थापना गर्ने र उक्त कार्यको थालनी स्वरुप क्याम्पसका प्राध्यापकहरुको तर्फबाट संकलित तीनलाख २० रुपैयाको चेक क्याम्पस प्रमुख माधव प्याकुरेलले सञ्चालक समितिका अध्यक्ष नेउपानेलाई हस्तान्तरण गर्नुभयो ।

अक्षयकोष दातालाई सम्मान गर्दै प्रमुख अतिथि प्रसाई ।

कार्यक्रममा ३ नं. प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, “दाताराम–यमुना छात्रावृत्ति कोषका संस्थापक पं. नारायणप्रसाद भट्टराई, पं. मधुसुधन र शिवराज भट्टराई तथा “इन्दिरा स्मृति छात्रावृत्ति कोष” का संस्थापक पं. मधुसुधन भट्टराई र उत्कृष्ट प्राध्यापक तेजप्रसाद खनाल तथा उत्कृष्ट कर्मचारी नरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरी विभिन्न विधामा प्रतिष्पर्धा गरेर क्याम्पसलाई सफलता प्राप्त गराउने विद्यार्थीहरु तथा त्रि.वि.को परीक्षाका शिक्षाशास्त्र संकाय र व्यवस्थापन विषयमा स्नातक तहका विभिन्न वर्षमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद प्रसाईले क्याम्पसहरुको भागवण्डाको आधारमा नभई कार्यविशिष्टताका आधारमा लगानी गर्न मेची नगरपालिकालाई सुझाव दिंदै आफ्नोतर्फबाट क्याम्पसलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो। कार्यक्रमका विशिष्ट अतिथिद्वय मेची नगर नगरपालिकाका प्रमुख विमल आचार्य र उप–प्रमुख मीना पोखरेल उप्रेतीले क्याम्पसलाई विगतमा पनि आफ्नो तर्फबाट सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कमल गुरागाई, काँकडभिट्टा क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर न.पा वडा नं. १३ का अध्यक्ष कृष्ण सिग्देल, सर्र्पदंश उपचार केन्द्रका अध्यक्ष, दुर्गा भट्टराई, चारआली उद्योग वाणिज्य संघका अध्यक्ष सरद शिवाकोटी, जग्गादाता पूर्व जर्साव दीलिप कार्की, नेकपा वडा नं. १३ का अध्यक्ष खगेन्द्र सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षात्रिदेवको आठौं क्याम्पस सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img