Homeसमाचारमानव अधिकार हननका घटना दुईवटा मात्र

मानव अधिकार हननका घटना दुईवटा मात्र

झापा ११ पुस । सन् २०१९ को ११ महिने अवधीमा झापा मानव अधिकार हनन्का दुईवटा घटना मात्र रहेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक झापाले विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रस्तुत गरेको घटना प्रतिवेदन विवरण समेटेर तयार पारेको मानव अधिकार वर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले दुईवटा मात्र मानव अधिकार हननका घटना पाइएको बताउनु भयो ।
राज्य पक्षका तर्फबाट घटेका घटनालाई मात्र मानव अधिकार हननका घटनाका रुपमा परिभाषित गरिने उल्लेख गर्दै प्रजिअ मगरले अन्य सबै अपराध भएको बताउनु भयो ।
घटना अभिलेखिकरणलाई बढावा दिने भन्दा पनि समाजमा सकारात्मक सोचको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै भौतिक क्षतिका घटना समेट्दा त्यसको क्षतिलाई पनि उल्लेख गर्न सुझाव दिनुभयो ।
प्रतिवेदनमा प्रस्तुत गरिएका घटना मध्ये मेचीनगर–६ का किरण कार्की डोलीको हिरासतमा मृत्यु र जेठ १३ गते शिवसताक्षी नगरपालिका–९ दुधेको सानो झरना खोलाको पुल नजिकैबाट झापा गाउँपालिका–२ का चमारु भनिने चमनलाल माझी र कुमार मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यी दुई घटनामात्र मानव अधिकार हननका घटना भएको रानामगरले बताउनु भयो ।
यो अवधीमा घरेलु हिंसाका कुनै पनि घटना मुद्दाका रुपमा नआएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । सहभागीले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै श्रेष्ठले निवेदन आएपनि मुद्दाका रुपमा नआएको जानकारी दिंदै घर भित्रको कुरा भएकाले बाहिर ल्याउन नचाहने र मेलमिलाप गरेर फर्कने गरेको बताउनुुभयो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेस खातीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
इन्सेकले सन् २०१९ मा विभिन्न १९ प्रकृतिका १७५ वटा घटनामा १८८ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । ती घटनामा ११ जना पुरुष पीडित हुँदा १०२ जना महिला, ६८ बालिका र ३ जना बालक पीडित भएको उल्लेख गरिएको छ ।
यो अवधीमा झापामा गोली प्रहार, घरेलु हिंसा र धम्कीका कुनै पनि घटना नभएको उल्लेख गरिएको छ ।
झापाका अधिकारकर्मी, जनप्रतिनिधि तथा प्रहरी र पत्रकारको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमानव अधिकार हननका घटना दुईवटा मात्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img