Homeसमाचारइनिशा विकलाई न्याय माग्दै बिर्तामोडमा खबरदारी र ज्ञापन पत्र

इनिशा विकलाई न्याय माग्दै बिर्तामोडमा खबरदारी र ज्ञापन पत्र

बिर्तामोड ५ चैत । बलात्कारपछि मृत्युबरण गरेकी सुर्खेती इनिशा विकको न्यायको माग गर्दै झापाका सामाजिक संघसंस्थाहरुले खबरदारी सभा सम्पन्न गर्नुका साथै गृहमन्त्रालयसहित अन्य सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहान बिर्तामोडमा भेला भएका विभिन्न सामाजिक संघसंस्था, मानव अधिकारकर्मी, सञ्चारकर्मीसहित संलग्न खबरदारी सभा सम्पन्न गरेसंगै दिउँसो जिल्ला प्रशासन कार्यालय झापामार्फत गृह मन्त्रालय समक्ष ज्ञापन पत्र बुझाइएको हो ।
इनिशाको न्यायका लागि माग गरिएको ज्ञापन पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उक्त मागलाई तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनु भयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा भुषाल लगायतको उपस्थिति रहेको थियो ।
संघ संस्थाले बुझाएको संयुक्त ज्ञापन पत्रमा ‘इनिशा वि.क. माथि भएको घटनाको तत्काल, निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन माग गर्दैभनिएको छ, ‘घटनामा संलग्न जो–कोहीको संलग्नता भएपनि पद, पहुँच वा प्रभावको आधारमा छुट दिन नहुने, बलात्कार जस्तो जधन्य अपराधका घटनामा संलग्न दोषीलाई धरौटी जमानतमा छुट्ने कानूनी व्यवस्थाको अन्त्य गर्नुपर्ने, पीडित तथा परिवारलाई पूर्ण सुरक्षा, मनोसामाजिक सहयोग र न्यायसंगत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, अनुसन्धान तथा न्यायिक प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप हुनु नहुने, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि दीर्घकालीन, प्रभावकारी र कार्यान्वयन योग्य नीति तथा सुरक्षा संयन्त्र सुदृढ गरिनुपर्ने लगायतका माग अघि सारिएको छ । त्यसैगरी न्याय दिन ढिलाई गर्नु न्यायका लागि तत्परता नदेखाउनु हो भन्ने उल्लेख गरिएको माग पत्रमा शीघ्र र दृढ कदम चालेर पीडितलाई न्याय दिलाउन सम्बन्धित निकाय गम्भीर बन्न सुझाइएको छ । जिल्ला प्रशासन कार्यलय झापामार्फत गृह मन्त्रालयमा बुझाइएको ध्यानाकर्षण पत्रको बोधार्थ कानून मन्त्रालय र राष्ट्रिय महिला आयोगमा समेत गराइएको छ । नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले सहजीकरण गरेको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले ज्ञापन पत्र वाचन गर्नुभएको थियो ।
ध्यानकर्षण पत्र तथा खबरदारी सभामा एबीसी नेपाल, झापा, नारी सञ्चार गृह, झापा, महिला मुक्ति अभियान, झापा, रामधुनी आमा समूह, बिर्तामोड, इनरह्वील क्लब, बिर्तामोड, महिला सुरक्षा दबाब समूह, महिला उद्यमी समूह, बिर्तामोड, लायन्स क्लब अफ स्मार्ट लेडी, बिर्तामोड, नेवा मिस पुचः, बिर्तामोड, चलचित्र पत्रकार संघ, झापा, मञ्जुश्री असहाय संरक्षण संस्था लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, मानवअधिकारकर्मी रुपक खनाल, कविता बास्तोला, रञ्जु प्याकुरेल लगायतले मन्तव्य राख्दै यौन शिक्षालाई विद्यालय तहदेखि नै सचेत गराउनु पर्ने धारणा राखेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारइनिशा विकलाई न्याय माग्दै बिर्तामोडमा खबरदारी र ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img