बिर्तामोड ४ चैत । त्रिदेव बहुमुखी क्याम्पस मेचीनगर-१३ चाराली झापा र र नेपाल धितोपत्र बोर्ड खुमलटाल ललितपुरको संयुक्त आयोजनामा ग्लोबल मनी विकको अवसर पारेर विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले एक दिवसीय प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरियो।
बोर्डका उपनिर्देशक नारायण शर्माको प्रमुख सहजीकरण रहेको उक्त कार्यक्रममा शर्माले क्याम्पसका गतिविधिहरूको प्रशंसा समेत गर्नुभयो। बोर्डका सहायक निर्देशक राजेश चेम्जाेडले विद्यार्थीहरूका लागि धितोपत्रको बारेमा जानकारी गराउँदै त्यसको क्षेत्रमा लगानीले मानिसको जीवनमा ल्याउने परिवर्तनको बारेमा सहजीकरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षता तथा विभागीय प्रमुख सावित्रा दाहाल भट्टराईले सञ्चालन गर्नुभएको थियो । क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले क्याम्पसका आफ्ना गतिविधि शैक्षिक क्यालेण्डर लगायतका विषयमा जानकारी गराउँदै कार्यक्रम गर्नुको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रमा श्री सहित दशरथ माविका प्र.अ. लेखनाथ पौडेलले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो ।
१०० भन्दा बढी विद्यार्थी रहेको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले रुचिपूर्वक सहजकर्तासँग सेयर बजारको बारेमा जानकारी र जिज्ञासा राखेका थिए।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख विभागीय प्रमुखहरू र प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
त्रिदेवमा बिद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धि तालिम
































































































