Homeसमाचारझापाका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेद्वार उच्चमतान्तरसहित विजयी

झापाका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेद्वार उच्चमतान्तरसहित विजयी

झापा २४ फागुन । कुनै बेला झापा जिल्ला लालकिल्ला बनेको झापा लाल चुनावचिन्ह्र सूर्य फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्लिन स्वीप भएको छ । देशैभर रास्वपाको जित प्रत्यक्ष प्रणालीबाटै बहुमत उन्मुख हुँदा झापामा एमाले, कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सबै जनप्रतिनिधि हुनबाट बडारिएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा ९रास्वपा० का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ ।
झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गर्नुभएको छ ।
झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेद्वार उच्चमतान्तरसहित विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img