बिर्तामोड २३ फागुन । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका बीच झ्याउरे रचना श्रृङखला तथा झ्याउरे कविता लेखन पुनर्जाागरण अभियान सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
गत मंसीरमा गठन भएको उर्जाशील साहित्य कला प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा केशव आचार्य र पुन्यप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए भने लीला अधिकारीले प्रस्तुत कवितामा टिप्पणी गर्नुभएको थियो ।
देवीचरण भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष देवीप्रसाद संग्रौलाले उर्जाशील साहित्य कला प्रतिष्ठान र कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । गोपाल दाहालले स्वागत गरेको कार्यक्रममा झ्याउरे कविताकी अभियान्ता रेनुका भट्टराईले झ्याउरे लय र आफ्नो अभियान तथा अभियानको पृष्ठभूमी र त्यसपछिका गतिविधिबारे जानकारी गराउनु भएको थियो । सो अवसरमा प्रेमप्रकाश फलाहारी, जमुना खरेल, मातृका संग्रौला, यादव अधिकारी (झाँक्री खोले), भगवती ढुङ्गेल, हरि रिमाल, टीका भट्टराई, कृष्णसुवेदी निराकार, तुलसीप्रसाद भट्टराई, रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झ्याउरे कविता लेखन पुनर्जाागरण अभियानबारे छलफल र कविता वाचन



















