झापा । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही ठाउँमा निर्वाचन सम्पन्न भएकै दिन राति अबेरदेखि तथा शुक्रबार बिहानदेखि देशभर शुरु भएको मत गणनाको अन्तिम परिणाम आउने क्रम निरन्तर जारी रहेको हो । निर्वाचन आयोगको विवरण अनुसार हालसम्म ३१ स्थानको परिणाम आइसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २४, नेपाली कांग्रेस ४, नेकपा एमाले १, नेपाली कम्युनिष्ट १ र स्वतन्त्रबाट एकजना निर्वाचित भएका हुन् ।समानुपातिकमा पनि रास्वपाको ठूलो मतान्तरले अन्तर देखिएको छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार रास्वपा र कांग्रेसबीच ठूलो मतान्तर देखिएको समानुपातिकको दोस्रोमा कांग्रेस रहेको देखिन्छ ।



















