Homeमहिलाछठ महिला मञ्चको उद्घोषण तालिम सम्पन्न

छठ महिला मञ्चको उद्घोषण तालिम सम्पन्न

झापा ८ पुस । छठ महिला मञ्च विर्तामोडद्वारा सञ्चालित पाँचदिने उद्घोषण तालिमको सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिकाका उप प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य तथा छठ सेवा समाजका अध्यक्ष घनश्याम चौधरीको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागिहरुले तालिम पश्चात आपूmमा आत्मबिश्वास र आत्मबल बढेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा विर्तामोड नगरपालिका कार्यपालिका सदस्य द्रौपदी गणेश, ५ नम्बर वडाका कार्यपालिका सदस्य भावना आचार्य, छठ सेवा समितिका उपाध्यक्ष संगीता रौनियार, चेम्बर अफ कमर्श विर्तामोड अध्यक्ष संगीता चिमरिया, महिला उद्यमी संघ नेपाल झापा अध्यक्ष गोमा भट्टराई, उद्यमी समुह उपाध्यक्ष सुशिला पाठक लगायतले छठ महिला मञ्चले स्थापनाको छोटो समयमै राम्रो काम गरेको भन्दै प्रसंसा गरेका थिए ।
पुष ३ गते देखि सञ्चालित तालिममा छठ महिला मञ्चका २५ जनाको सहभागीता रहेको तालिमको सहजीकरण स्वस्तिका आचार्यले गर्नुभएको थियो ।
निशा गुप्ताले स्वागत गर्नु भएको तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट संगीता शाहले अनुभव सुनाउनु भएको थियो । महासचिव निशा सोनी कर्णले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन रेनुका महतोले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाछठ महिला मञ्चको उद्घोषण तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img