HomeFeatured 2महाकाली सन्धी प्रायोजित टिप्पणी–घिमिरे, मत दिन आग्रह

महाकाली सन्धी प्रायोजित टिप्पणी–घिमिरे, मत दिन आग्रह

बिर्तामोड १८ फागुन । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ का उम्मेद्वार देवराज घिमिरेले महाकाली सन्धी राष्ट«घाती नभएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल झापाद्वारा विर्तामोड‌मा आयोजित पत्रकार भेटघाटमा बोल्दै निवर्तमान सभामुख समेत रहनु भएका घिमिरेले २०५३ सालमा भएको महाकाली सन्धीमा घिमिरेले हस्ताक्षर गरेको विषय लिएर निर्वाचनका बेला हुने गरेको आलोचना हुने गरेको छ ।
महाकाली सन्धीको विषयमा पत्रकार राखेको जिज्ञासामा घिमिरेले भन्नुभयो, ‘महाकाली सन्धी राष्ट्र‌घाती छैन । यसकाविरुद्ध नकारात्मक टिकाटिप्पणी प्रायोजित हुन् ।, उहाँले थप्नुभयो, ‘सीमानाको नदी साझा हुनेहुँदा साझा नदीको पानीको उपभोग पनि साझा नै हुन्छ भन्ने स्थापित मान्यता हो, फेरी पनि भन्छु त्यो गलत छैन म त्यसको पक्षमै छु ।’


राष्ट्रियतालाई दरो बनाइने एमाले अभियानका विरुद्ध साम्राज्यवादी, विस्तारवादी, यथास्थितिवादी र अतिवादी लगायत विभिन्न शक्ति लागेको धारणा राख्दै घिमिरेले एमाले नेतृत्वमा सरकार हटाउने नियोजित श्रृङ्खला २०५१ सालदेखि नै भएको दावी गर्नुभयो। यसपटकको आक्रमण एमालेमाथिको मात्रै नभई व्यव‌स्थामाथिकै आक्रमण भएको उहाँको भनाई थियो । जेन जी समूहको आन्दोलनमा भएको घुसपैंठतर्फ संकेत गर्दै घिमिरेले देश भूराजनीतिक संकट‌मा फस्ने खतरा देखिएको छ। यसबाट देशलाई बचाउन र यसअघिका अधुरा काम पूरा गर्ने एमालेलाई जिताउन अपिल समेत गरे ।
एमालेले युवाको विषयमा स्पष्ट ददृष्ट्रिकोण राखेको उल्लेख गर्दै घिमिरेले भदौ २३ र २४ को बिद्रोहको विषयलाई लिएर एमालेलाई युवा विरोधीको आरोप लगाउन खोजीएको दावी गरे ।
झापा क्षेत्र नं. २ मा आफू निर्वाचित हुनेमा विश्वस्त घिमिरेले निर्वाचित हुनुपर्ने आधारहरु समेत स्पष्ट पार्नुभएको छ । छोटो अवधीमा क्षेत्र नं. २ को विकासका लागि आफूले गरेको विकास निर्माणका काम, राजनीतिक, सैद्धान्तिक, ऐतिहासिक र प्रचार प्रसारमा जाँदा जनताले गरेको स्वागत र जनतामा देखिएको उत्साह‌ले आफ्नो विजय सुनिस्चित रहेको दावी गर्नुभयो । आफ्नो प्रतिष्पर्धी यही हुन्छ भन्ने कुराका लागि परिणामबाटै थाहा भएको राम्रो हुने बताउँदै उहाँले घिमिरेले भन्नुभयो, ‘१८ जना उम्मेद‌वारबीचको प्रतिष्पर्धा हो, २ नं. क्षेत्रका जन‌ताले मलाई जिताउनेमा ढुक्क छु, प्रतिष्पर्धी मैले छुट्याउनु राम्रो हुँदैन मत परिणामबाटै थाहा भएको राम्रो ।’
शिक्षा ऐन, निजामती ऐन, भुमी सम्बन्धी ऐन लगायत अन्य कैयौ कानुनहरु निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै ति अधुरा कानूनलाई पूरा गर्ने अवसर दिनका लागि अनुरोध गर्नुभएको छ । घिमिरेले आगामी दिनमा गर्ने योजनाका संक्षिप्तमा बिर्तामोड बजारमा व्यवस्थित ढल निकास र सफा सहर बनाउने कृषि क्षेत्रको विकास र प्रवद्र्धन तथा थोरै जनसहभािगतामा ठुला ठुला खेती गर्र्न सकिने वातावरण बनाउने, बिउ सिसंचाइ तथा बजारको सहज पहुँच स्थापित गरी युवालाइ कृषिमा आकर्षित गर्ने, सुपारीलाई आम्दानीको बजार प्रवद्र्धन लगायतका योजना अघि सारिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महाकाली सन्धी प्रायोजित टिप्पणी–घिमिरे, मत दिन आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img