Homeसमाचारकांग्रेस क्षेत्र नं. २ मा सरिताको पक्षमा चुनावी माहौल

कांग्रेस क्षेत्र नं. २ मा सरिताको पक्षमा चुनावी माहौल

बिर्तामोड १८ फागुन । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालन रमितिले मोटरसाइकल र्याली सम्पन्न गरेको छ । आज रातको १२ बजेदेखि मौन अवधि शुरु हुनुपूर्व कांग्रेसले क्षेत्रीय रुपमा मोटरसाइकल र्याली सम्पन्न गरेको हो ।
मोटरसाइकल र्यालीमा व्यापक जनसहभागिता देखिएसंगै नेपाली कांग्रेसका उम्मेद्वार सरिता प्रसाईको पक्षमा माहौंल बन्दै गएको छ ।
बिर्तामोडको मुक्तिचोकबाट शुरु भएको र्याली चारपाने, खुदुनावारी, बुधबारे, परिक्रमा गरेको थियो ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार सरिता प्रसाईले नेपाली कांग्रेसले देश र जनताको भाग्य र भविष्य निर्माणका लागि स्पष्ट नीति र योजना अधि सारेको बताउँदै सुझबुझका साथ रुख चिन्नमा मतदान गर्न आह्रवान गर्नुभयो ।
जेनजी (नवयुवा) पुस्ताको भावना बमोजिम नीति र नेतृत्व बदलेर कांग्रेस निर्वाचनमा होमिएको बताउँदै सुशासन स्थापनाका लागि नेपाली कांग्रेसलाई ठूलो दल बनाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार उमा शिवाकोटी, कोशी प्रदेश सभापति उद्धव थापा, समानुपातिक उम्मेद्वार मनमाया विश्वकर्मासहित विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस क्षेत्र नं. २ मा सरिताको पक्षमा चुनावी माहौल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img