Homeयुवा/वालवालिकायुवाको चाहना, निश्कलका योजना

युवाको चाहना, निश्कलका योजना

सात वर्षअघि आमाको निधनपछि एक्लिएका वृद्ध बुबाको सहारा बन्न गाउँ फर्केका निस्कललाई जिल्लाको राजनीतिको रस भिज्दै गयो । काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययनरत उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । घर फर्किएसंगै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेर मूलधारको राजनीतिमा होमिए ।
उर्जाशील युवा उमेरमै राजनीतिमा प्रवेश गरेका उनको कार्यशैली र इमान्दारिताको प्रभाव बढ्दै गयो । पार्टीमा राम्रो छवी निर्माणमा लागेका उनको कामको कदर पनि सोही अनुसार भएको पाइन्छ । पार्टीको प्रदेशका गतिविधिमा सक्रिय हुने क्रममा उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भएका कार्यक्रममा समेत सहभागी हुने मौका पाए । संगसंगै कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमा नीति निर्माणमा समेत भूमिका निर्वाह गर्ने अवसर पाएका उनी लगनशीलता र अनुभवले क्रमिक रुपमा खारिंदै मात्रै गएनन् जिम्मेवारी र अवसर अनुसार अब्बल व्यक्तित्व समेत निर्माण हुँदै भयो ।
तिनै सरल, सरस र मिजासिला ३५ वर्षे युवा अहिले पर्यटकीय जिल्ला इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै चुनावी प्रतिष्पर्धामा छन् । राजनीतिक अभ्यास, जिम्मेवारी अनुसारको अनुभव, सक्षम र बौद्धिक युवा नेताका रुपमा उदाएका निश्कलको निस्कलंक उम्मेद्वारीले अहिले इलामको क्षेत्र नं. १ निकै गर्माएको छ । चिसो चिसो वातावरणमा चुनावी सरगर्मी बढेको छ ।


संसदीय निर्वाचनमा कम्युनिष्टको विरासत मानिएको इलाम १ मा निश्कलको उम्मेद्वारी यो पटक अरु दलका लागि भारी पर्ने स्थानीयको भनाई छ । बदलिएको कांग्रेसले देश बदल्ने ध्येयका साथ भिजन भएका बौद्धिक युवा अनुहारलाई चुनावी मैदानमा उतारेर ठूला दलको विरासतलाई चुनौती दिएको छ।
विद्यार्थी संगठनदेखि नै राजनीतिक अभ्यास गर्दै आएका निश्कलले भुँईमात्र बुझेका छैनन् भूगोलसंग पनि त्यत्तिकै साइनो गाँसेका छन् । पार्टीको प्रदेश निर्वाचन क्षेत्र (ख) का सभापति समेत रहेका निश्कललाई पार्टी राजनीतिमा संलग्न भएसंगै भूगोल बुझ्ने अवसर अझ बढी प्राप्त भएको हो । नवयुवाले खोजेको व्यक्तित्वभित्र पर्ने उनी पर्यटन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भिजन दिने र मिसन पूरा गर्न सक्षम व्यक्तित्व हुन भन्दा फरक पर्दैन् ।
‘इलामको इलम’ लाई अघि सार्दै इलाम–१ लाई बरू, काम गर्न र लगानी गर्न योग्य निर्वाचन क्षेत्र बनाउने,
सम्भावनालाई उत्पादनशीलतामा रुपान्तरण गर्ने, किसानको आम्दानी सुनिश्चित गर्ने,
आधुनिक सीप र शिक्षा प्रणाली, कृषि, संस्कृति, पर्यटन, युवा उद्यम आदि मार्फत स्थानीय अर्थतन्त्र, उत्तरदायी तथा नतिजामा आधारित नीतिमार्फत सुशासन स्थापित गर्ने हो ।
उत्तरदायी तथा नतिजामा आधारित नीतिमार्फत सुशासन स्थापित गर्ने हो।

कृषि र चियाको आधुनिकीकरण ः इलामको पहिचान चिया र कृषिलाई प्रविधिमैत्री बनाउँदै किसानको आयआर्जन बढाउने ।
युवा पलायनको अन्त्य ः स्थानीय स्तरमै सीपमूलक शिक्षा र रोजगारका अवसरहरू सिर्जना गरी युवाहरूलाई विदेश जानबाट रोक्ने।
पर्यटन पूर्वाधार ः सन्दकपुर, अन्तु डाँडा र सूर्योदय जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरी ुइलाम मोडेलु को पर्यटन प्रवद्र्धन गर्ने।
सुशासन र पारदर्शिता ः राजनीतिमा भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष पहुँच पुग्ने गरी सरकारी सेवा प्रवाह गर्ने। जस्ता प्रतिवद्धता अघि सारेका छन् ।
नयाँ र पुरानो बीचको द्वन्द्व चलिरहेका बेला कांग्रेसको बदलिएको नेतृत्वले युवाको चाहना अनुसार नै उम्मेद्वार दिएपछि इलाम १ को निर्वाचन रमाइलो हुने देखिएको छ । कांग्रेसको प्रतिष्पर्धीका रुपमा रहेको एमालेबाट पुरानै व्यक्ति निर्वाचनमा रहेको कारण युवाको भावना निश्कलतर्फ तानिएको छ ।
राष्ट्रिय राजनीतिक माहोल फरक किसिमले अघि बढिरहेको बेला इलाम एकमा पनि निस्कलले पार्टी र व्यक्तिका नाममा नयाँ इतिहास कोर्ने संकेत कांग्रेसका लागि गर्वको विषय हो । नयाँ शक्तिहरूको उपस्थितिले पनि चुनावी परिणाममा असर पार्ने देखिन्छ । कांग्रेसले राई जस्तो युवा र शिक्षित उम्मेदवार उठाएर पुरानो भोट बैंक जोगाउँदै नयाँ मतदाता तान्ने रणनीति लिएको छ । यद्यपि फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न स्वतन्त्र मतदाताले कसलाई रोज्ने हुन् त्यसका लागि भने मत परिणाम कुर्नैपर्ने हुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
युवा/वालवालिकायुवाको चाहना, निश्कलका योजना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img