माओवादीको १० वर्षे सशस्त्रद्वन्द्वबाट नेपाली राजनीतिमा उदाएकी धर्मशिला चापागाई झापा क्षेत्र नं. २ मा नेपाली कम्युष्टि पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको चुनावी मैदानमा हुनुहुन्छ । सशस्त्रद्वन्द्व पछि भएको पहिलो निर्वाचन संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित चापागाँई निडर स्वभावकी संघर्षशील महिलाका रुपमा परिचित हुनुहुन्छ ।
पार्टीभित्र गहिरो प्रभाव राख्ने उहाँ तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ विशेषगरी महिला अधिकार, दलित र पिछडिएका वर्गको उत्थानका लागि पार्टीभित्र र बाहिर आवाज उठाउने नेताको रूपमा चिनिनुहुन्छ ।
पहिलो पटक २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित पार्टीको केन्द्रीय सदस्यको रूपमा सक्रिय हुनुहुन्छ । उहाँ पार्टीको जिल्ला प्रदेश हुँदै देशभर नै उहाँको एकप्रकारको प्रभाव छ । शहिद प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । माओवादी द्वन्द्वकालमा जीवन साथीलाई गुमाएपछि राजनीतिमा उहाँको प्रभाव बढ्दै गएको बताइन्छ ।
सरल र पहुँचयोग्य नेताको रूपमा चिनिने उहाँ महिला सशक्तिकरण, पिछडिएको जातजाति, वर्ग, जातजाति, समुदाय सबैलाई समान दृष्टिले हेर्ने उहाँको विशेषता हो । अन्यायका विरुद्ध कडा रुपमा प्रस्तुत हुने चापागाँईको सरल जीवनशैली मात्र छैन, मन समेत कोमल ह्दयकी हुनुहुन्छ ।
संसदीय अनुभवः संसदमा रहँदा उहाँले कानुन निर्माण र नीतिगत बहसमा सक्रिय सहभागिता जनाउनुभएको थियो ।
झापा क्षेत्र नं. २ को विकास र समृद्धिका लागि अघि सारेका योजनाहरू मुख्यत ः सामाजिक न्याय, सुशासन र पूर्वाधार विकासमा केन्द्रित छन् । उहाँले सार्वजनिक गर्नुभएको २० बुँदे चुनावी प्रतिबद्धता पत्रका प्रमुख बुँदाहरू यसप्रकार छन् ।
शिक्षा, व्यापार र स्वास्थ्य बिर्तामोडलाई क्षेत्रीय हबको रूपमा विकास, धार्मिक तथा पर्यटकीय विकास, चारपाने दक्षिण बेल्टमा औद्योगिक करिडोर, मिटर ब्याजी समस्या समाधान र सहज कृषि ऋण, समाज र परिवारबाट बहिष्कृत व्यक्तिको पुनस्र्थापना, परम्परागत उद्योगको संरक्षण र आधुनिकीकरण, खानेपानी र सिँचाई व्यवस्थापन, प्राविधिक, रोजगार मुखी र प्रविधि मैत्रीशिक्षा, वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण, जन–सहभागिता मूलक समाजवादको आधार, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक र भूमि अधिकारको संरक्षण, युवाको नेतृत्व विकास र खेलकुद पूर्वाधार विस्तार, एक वडा, एक पुस्तकालय र सार्वजनिक स्थलनिर्माण, वातावरण संरक्षण र जलवायु अनुकूल विकास, शान्ति, सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सूचना प्रबिधिको विकास र संचार माध्यम, सूचना प्रबिधिको विकास र संचार माध्यम, कला, भाषा, साहित्यको विकास, सभ्य शहर, समुन्नत ग्रामीण बस्ती, कृषि, पशुपालन र दुग्ध उत्पादनको जोड दिने योजना लिएर चुनावी मैदानमा होमिएकी छन् ।
संघर्षशील धर्मशीलाका योजना



















