भद्रपुर १६ फागुन । झापाको भद्रपुर ३ पृथ्वीनगरमा रहेको मुनाल एकाडेमीको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । शनिबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा मुनाल आईडल कक्षा १० मा अध्यानरत छात्रा सबनम राईलाई अन्डर नाइन्टिन महिला राष्ट्रिय फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको भन्दै नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विवध विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार स्वरुप , मेडल सहित शैक्षिक सामग्री वितरण गरिएको थियोे । त्यसैगरी जुनियर तथा सेनियर गायनमा प्रथम हुने स्मारिका मगर र निता बस्नेत तथा जुनियर नृत्यमा सिट दाहाल र सेनियर नृत्यमा प्रथम हुने विलासा रार्इलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयलाई सहयोग गर्ने शिक्षा सेवि टहलदास अधिकारी र रमा घिमिरेलाई समेत प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । विद्यालयका भावी योजना तथा कार्य दिशाका बारेमा विद्यालयका प्रवन्ध निर्देशक श्री प्रसाद ढुङगेलले प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल ,उपप्रमुख राधा कार्की, भद्रपुर प्याब्सन अध्यक्ष भक्तबहादुर कार्की पदमप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
डिक बहादुर थापाको अध्यक्षता तथा विद्यालयकि प्रिन्सिपल मालती अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक गौतम तामाङ र केही विद्यार्थीले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा गीत तथा नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेर अभिभावकहरूलाई मनोरन्जन प्रदान गराइएको थियो ।
मुनाल एकाडेमीको ३१ औं वार्षिकोत्सव सम्पन्न



















