Homeसमाचारनसर्ने रोगबाट झापामा ४ लाख ४७ बढी हजार प्रभावित

नसर्ने रोगबाट झापामा ४ लाख ४७ बढी हजार प्रभावित

भद्रपुर १४ फागुन । जीवनशैलीको परिवर्तन, धुम्रपान, मध्यपानको लत लगायत कारणले झापामा नसर्ने रोगका विरामीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ ।
झापामा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला बिग्रेका, दीर्घ श्वासप्रश्वास जस्ता नसर्ने रोगीको संख्या हरेक वर्ष उच्च दरले बढ्दै गइरहेको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार नसर्ने रोगका कारण झापामा आर्थिक वर्ष २०८१/०८२ मात्र ४ लाख ४७ हजार ६२२ जना दीर्घ रोगी रहेको छन् ।
आर्थिक वर्ष २०७९/०८० मा ८२ हजार हाराहारीमा रहेका दीर्घरोगी ३ वर्षको अन्तरालमा चार गुनाले बृद्धि हुनु आफैमा चिन्ताजन विषय रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासको भनाइ छ । उनका अनुसार शारीरिक सकृयताको कमी, बढ्दो शहरीकरणसित भित्रिएको आधुनिकीकरण, वायु प्रदुषण, विषाक्त खाद्य पदार्थ लगायत कारणले हरेक वर्ष नसर्ने रोगीको संख्या बढिरहेको हो ।
नसर्ने रोग सम्बन्धि गरिएको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले नसर्ने रोगीको उपचारमा राज्य कोषबाट अरबौं रकम खर्च भइरहेको जानकारी दिँदै झापामा मात्र हरेक वर्ष ३६ करोड ८१ लाख ६० हजार रूपैया खर्च भइरहेको छ । यसलाई रोक्न नसक्ने हो भने आगामी वर्षहरूमा राज्य कोषको पचास प्रतिशत रकमले पनि विरामीको उपचार गर्न नसकिने अवस्था आउन सक्ने श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। यदुचन्द्र घिमिरेले हरेक नागरिक सचेत भएर आफ्नो स्वास्थ्यको ख्याल गर्ने वातावरण नबनेसम्म नसर्ने रोगीको संख्या नघट्ने बताए । सचिव घिमिरेले धुम्रपान, मध्यपान, अखाद्य विषादी जस्ता दीर्घ रोगका कारक रोक्न सरकारले प्रयास गरिरहेको भए पनि विभिन्न कारणले नियन्त्रणमा नआएको प्रष्ट पारे ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालले सरकार र नागरिक दुवै पक्ष सजग नभएसम्म नसर्ने रोग बढ्ने क्रम नरोकिने धारणा राखे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनसर्ने रोगबाट झापामा ४ लाख ४७ बढी हजार प्रभावित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img