HomeFeatured 2जनउत्तरदायी थेवे

जनउत्तरदायी थेवे

इन्दु पूर्वेली । निर्वाचनमा हारजित एउटा औपचारिक र स्वभाविक प्रक्रिया हो । तर कुशल नेता हारेर कहिल्यै निराश हुँदैन, जनताका समस्याबाट भाग्दैन । जनताका समस्याबाट कहिल्यै नभाग्ने नेता आफ्नो क्षेत्रका प्राथमिक आवश्यकताका योजनाहरुको ठेली बोकेर मन्त्रालय–मन्त्रालय धाउँछ, आफ्नो ब्यक्तिगत सम्बन्ध, पार्टीगत प्लेटफर्म र विभिन्न माध्यमबाट विकासे योजना गाउँमा ल्याउँछ र जनसेवामा सदैव सक्रिय रहन्छ । बाढी, डुवान, कटान (प्राकृतिक विपत्ती) हरेक दुःख एवं सुखमा जनताका साथ–साथ रहने र निरन्तर विकासे योजनाहरु ल्याउन सहजीकरण गरिरहने त्यही कुशल नेतृत्वको नाम हो– देउकुमार थेवे ।
नेपाली कांग्रेस झापाको सभापति रहेका थेवे अहिले पार्टीका तर्फबाट झापा क्षेत्र नं–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन् । झापा गाउँपालिकाको हिलो–धुलोमा खेलेको सामान्य किसान परिवारको छोरा हुन्– देउकुमार । उनी जनउत्तरदायी र जिम्मेवार राजनीतिज्ञको पर्यायका रुपमा स्थापित छन् ।

उनको राजनीतिक यात्रा पद र प्रतिष्ठा आकस्मिक लोकप्रियता होइन, राजनीतिक निष्ठा, त्याग, संघर्ष र निरन्तर जनतासँगको सम्पर्कको जगमा उभिएको छ । ‘राजनीतिलाई सत्ता प्राप्तिको साधन मात्रै होइन, यो त जनताको आशा, भरोसा र आकांक्षा पूर्ण गर्न हरप्रहर तयार रहने साधना हो । अनि जिम्मेवारी पूर्ण गरेर परिणाम दिने विषय पनि हो ।


‘बाल्यकालदेखि नै मैले अभाव, संघर्ष र आत्मसम्मानसंगै जीवन जिउन सिकें । खेतमा काम गर्दा बुवाआमाको दुःख देखें, गाउँका युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको पीडा देखें, विकासका नाममा वषौसम्म आश्वासन मात्रै दोहोरिएको यथार्थ भोगें । यही अनुभवले मलाई बुझाए–राजनीति भाषण र नाराको विषय होइन, जिम्मेवारी र परिणामको विषय हो’ थेवे भन्छन्–‘गाउँको सुखमा म हाँसें, दुःखमा ऑसु साटें । कसैको घरमा खुशी आयो भने आफ्नै जस्तो लाग्यो, कसैको पीडा आयो भने मन नै भारी भयो । यही सम्बन्ध, यही आत्मीयता नै मेरो राजनीतिक यात्राको आधार हो । म बनावटी, देखावटी शैली वा आकर्षक शब्दजालमा विश्वास गर्दिन । म सिधा छु, स्पष्ट छु र इमानदार बन्ने प्रयासमा सधै प्रतिवद्ध छु ।’
नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालादेखि वर्तमान गगन थापासम्मको नेतृत्व आइरहँदा कांग्रेसको इतिहास गर्विलो छ, जिम्मेवार वर्तमान र उज्यालो भविष्यको योजना छ । त्यही योजनाको प्रतिनिधित्व गर्दै संसदमा पुगेर जनचाहना र ४ नम्बर क्षेत्रबासीका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार, सुशासनजस्ता आधारभूत आवश्यकता पूरा गर्ने सारथी बन्न चाहन्छन् थेवे ।
यी प्रतिबद्धतासहित झापा क्षेत्र नं–४ मा तेस्रोपटक प्रतिष्पर्धामा रहेका थेवेको राजनीतिक इतिहास लामो छ । २०२१ सालमा बुबा कीर्तिमान र आमा दधिमायाका पुत्ररत्नका रुपमा ताप्लेजुङको तत्कालीन आम्बेगुदिन (हाल सिरिजंगा गाउँपालिका वडा नं–२) मा जन्मिएका थेवे २०३६ सालको जनमत संग्रहताका नै बहुदलीय ब्यवस्थाको पक्षमा राजनीतिमा खुलेर लागे । नेपाली कांग्रेसले लिएको राष्ट्रियता, प्रजातन्त्र, समाजवादको मुख्य नारालाई अंगीकार गरेर स्थानीय सिनाम माविमा कक्षा–१० मा पढ्दापढ्दै नेविसंघमा संगठित भए उनी । २०३९ सालमा उनको परिवार कुमरखोद (हाल झापा गाउपालिका–१) सितुमारीमा बसाईं सरी आयो । ताप्लेजुङको सांगठानिक अभ्यास छुटे पनि राजनीतिक हुटहुटीले भने छाडेन उनलाई । २०४२ सालमा उनी नेपाली कांग्रेस झापासँग आबद्ध भए र प्रतिबन्धित राजनीतिक अवस्थामा पनि पञ्चायत विरोधी गतिविधिमा सक्रिय भए ।
२०४६ सालको बहुदलीय ब्यवस्थाका लागि भएको आन्दोलनमा सक्रिय सहभागी भएका उनी बहुदल प्राप्तिपछि २०४७ सालमा नेपाली कांग्रेस कुमरखोदको उपसभापति भई पार्टी राजनीतिमा औपचारिक रुपमा प्रवेश गरे । पार्टीको आठौं महाधिवेशनमा बुथ प्रतिनिधि हुँदै झापा क्षेत्र नं–४ को सदस्य बने । पार्टीको ९ औं, १० औं र ११ औं महाधिवेशनमा ४ नम्बर क्षेत्रीय सभापतिको जिम्मेवारी संहालेका उनी १२ औं महाधिवेशनबाट नेपाली कांग्रेस झापाको उपसभापति भए । पार्टीको १३ औं महाधिवेशनमा महासमिति सदस्य रहेका उनी १४ औ महाधिवेशनबाट झापा जिल्ला सभापतिको जिम्मेवारीमा छन् ।
२०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा कुमरखोद गाविसको अध्यक्षमा निर्वाचित भए । जनप्रतिनिधिको रुपमा पहिलो अनुभव संहालेका उनको कामबाट प्रभावित स्थानीय जनताले २०५४ को निर्वाचनमा पनि पुनः गाविस अध्यक्षमा निर्वाचित गरे । दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहँदा सिमित स्रोत साधन र न्यून बजेट रहेपनि त्यस पालिकाको विकासमा थेवेले महत्वपूर्ण भूमिका खेलेको स्थानीय जयनारायण शाह बताउँछन् ।
उद्योग मन्त्रालयबाट नियुक्ति प्राप्त गरी हेटौडा सिमेन्ट उद्योगको बोर्ड डाइरेक्टरको भूमिका निर्वाह गरेका उनले स्थानीय तह नेतृत्वविहिन रहेको अवस्थामा पार्टीको तर्फबाट जिल्ला विकास समिति संयन्त्र सदस्यको जिम्मेवारी पूरा गरे । त्यस समय जिल्लाभरका विकासे योजना निर्माणमा सहजीकरण गर्दै आफ्नो क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राखेका थिए उनले ।
प्रतिनिधिसभा निर्वाचन अन्तरगत २०७४ र २०७९ मा पार्टीको तर्फबाट उम्मेद्वारी दिएका उनी झिनो मतान्तरले पराजित भए । तर त्यहीको ढुङ्गो, माटो, भूगोल र जनतासँग नजिकिएका उनको सक्रियता क्षेत्रको विकासमै केन्द्रित रह्यो ।


झापा गा.पा. मिलन बस्ती, कनकाई नदीको सिमलवाडी क्षेत्र, कनकाइ नगरपालिकाको मन्सापुर लुकुनी खाडी, शिवसतासी–७ ब्याङडाडा, चन्द्रडाँगी, शिवसतासी–६ को शिवगञ्ज, गौरीगञ्ज बगाचौधारी क्षेत्रमा कनकाई नदीको वहाव गाउँ पस्न नदिन बाँध निर्माणमा बजेट विनियोजनका लागि महत्वपूर्ण भूमिका खेले ।


कनकाई छठ समाज सामुदायिक भवन, कनकाई नगरपालिका–३ महेन्द्र राजमार्ग उत्तर हरिनन्दन मार्ग सडक कालो पत्रे, तुर्सा हेमरम स्मृति प्रतिष्ठानको भवन निर्माण, शिवसतासीस्थित झिलझिले मा.वि., लालपाली मा.वि., कनकाईका जानकी मावि, जनचेतना मावि, भृकुटी मावि, सरस्वती मा.वि., पशुपति प्रा.वि., बालकल्याण मावि गौरीगञ्ज, झापाका सरस्वती मा.वि., जनकल्याण मा.वि., त्रिभूवन मावि, डिल्लीराज माविको भवन निर्माणमा विभिन्न चरणमा बजेट विनियोजनका लागि सहजीकरण गरेका छन् ।
यसैगरी कनकाइ , बैगुनधुरा , भवानी, जामुनखाडी प्रजापति खानेपानी आयोजना निर्माणमा पनि विभिन्न समयमा बजेट विनियोजन गराउँदै निर्माण सम्पन्नताका लागि सहजीकरण गरेका छन् ।
त्यसो त नदी कटानका कारण हातमा धनीपूर्जा लिएर जग्गाजमिन विहिन भएका स्थानीयको बास सुरक्षाका लागि कनकाई, विरिङ र कमल नदीको कटान र डुवान रोकथाम गरी सुरक्षित मानव बस्ती निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । थेवेकै पहलमा कनकाइ नदीको पूवीतट धनुषकोटी धाम क्षेत्रको नदी कटानबाट संरक्षणका लागि झोलुङे पुलको तलतिर जनताको तटबन्ध कार्यक्रममार्फत सुरक्षित गरिएको छ । त्यस्तै कनकाइ वडा नम्बर–६ स्थित मन्सापुर लुकुनीखाडी भन्ने बस्तिमा बिरिङको बाढीले बास उठाउन लागेको अवस्थामा पटक–पटक बजेट बिनियोजन गराउँदै तटबन्ध निर्माणको काम भएको छ । यी केही उदाहरण हुन् –त्यस्ता सयौं साना–ठूला योजनाहरु छन् –जो थेवेकै पहलमा निर्माण सम्पन्न भएका छन्, केही निर्माणाधिन पनि छन् । कुनै पनि बेला बाढी होस या आगलागी, झरी बादल केही नभनी जनताको घर–घरमा पुगेर उनीहरुकै उद्दार, राहत र पुनस्र्थापनका लागि खटिने थेवे अहिले जनताकै मत र विश्वास माग्न झापा क्षेत्र नं–४ मा घरदैलो अभियानमा छन् ।
जनतालाई अनावश्यक आश्वासन दिएर मत तान्नेभन्दा पनि सिधा र सोझो भाषामा आफूले सकेजति काम गर्ने प्रतिबद्धता जनाउने थेवेले कृषि आधुनिकीकरण र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रयास, युवाका लागि स्वदेशमै रोजगारी र सीप विकासका अवसर विस्तार, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर र पहुँच सुधार, पूर्वाधार विकासलाई योजनावद्ध र पारदर्शी बनाउने पहल, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
पार्टीभित्रको नीति र नेतृत्व बदलेर देश बदल्ने अठोटसहित चुनावी प्रतिष्पर्धामा होमिएको नेपाली कांग्रेसले देश निर्माणका १० भिजन सार्वजनिक गरिसकेको छ । सम्मानित नेपाली भएर बाँच्न पाउने, सपना देख्न सक्ने, सम्पत्ति र रोजगारी सृजना, समृद्ध नेपाल र देशलाई चिनाउने किसानको देश, ओखती र ओत दिने, छोराछोरी पढाउन आर्थिक भार नपर्ने, वेथिति र हैरानीमुक्त, मौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्न सक्ने स्वाभिमानी नेपाल, समुन्नतिमा लम्कने नेपाल लगायतका १० भिजन सार्वजनिक गरिसकेको छ ।
केन्द्रले गरेका प्रतिबद्धता कार्यान्वयनसँगै स्थानीयस्तरका आवश्यकतालाई समेटेर केही प्रतिबद्धता जनाएका छन् थेवेले । ‘नेपाली काग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता, त्याग र इतिहासले मलाई प्रेरणा दिएको छ । स्थिरता, परिपक्व राजनीति र सस्थागत विकासका लागि हाम्रो प्रतिवद्धता स्पष्ट छ । बहकाउ र अन्योल होइन, नीति र निष्ठामा आधारित राजनीति आजको आवश्यकता हो।’
‘म विकासका नाममा हावादारी बाचा गर्न चाहन्न सम्भव र व्यवहारिक कार्यक्रम, जनताको आवश्यकता र वास्तविकतामा आधारित योजना–यही मेरो मार्ग हो।’–उनले भने–‘प्रतिनिधि सभा भनेको जनताको आवाज उठाउने थलो हो, दल वा व्यक्तिको स्वार्थ जोगाउने स्थान होइन । म त्यहाँ तपाईहरूको आवाज बन्न चाहन्छु निर्भीक स्पष्ट उत्तरदायी रूपमा।’
आफ्नो विगत, ब्यवहार र आफ्नो प्रतिबद्धता मूल्याङ्कन गर्न मतदातालाई अनुरोध गर्दै थेवेले जनविश्वास दिए जनताको आशा, आकांक्षा र अधिकारको प्रतिनिधित्व गर्न सक्षम रहेको जनाएका छन् । ‘ आगामी निर्वाचनमा मलाई रुख चिन्हमा तपाईहरूको अमूल्य मत प्रदान गरी विजयी बनाउन साथ दिनुहुन विनम्र अनुरोध गर्दछु।’–थेवेले प्रतिबद्धतापत्रमा भनेका छन् –‘ तपाईहरुको विश्वासलाई सम्मान गर्नेछु तपाईहरुको आवाजलाई सशक्त बनाउने छु र हाम्रो क्षेत्रको विकासका लागि इमान्दारीपूर्वक निरन्तर काम गर्नेछु । आउनुहोस मिलेर झापा क्षेत्र नं–४लाई आशा, अवसर र समृद्धिको नमूना क्षेत्र बनाऔं ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जनउत्तरदायी थेवे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img