Homeसमाचारचन्दा नदिए सरकार बनेपछि अप्ठ्यारो पर्नेभन्दै ब्यापारीलाई धम्की

चन्दा नदिए सरकार बनेपछि अप्ठ्यारो पर्नेभन्दै ब्यापारीलाई धम्की

काठमाडौँ । आर्थिक हिनामिनाको आरोपमा पार्टीभित्र पहिरो गइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको चन्दा आतंकले ब्यापारीहरूको भागाभाग हुन थालेको छ । रास्वपाका हरेक उम्मेद्वारले चन्दा माग्दै ब्यापारीहरूलाई दबाव दिन थालेपछि उनीहरूको भागाभाग भएको हो ।

व्यापारीहरूले रास्वपाको उक्त कदमको विरोधसमेत गरेका छन् । रास्वपाका शीर्ष नेता मानिएका काठमाडौँ क्षेत्र नम्बर ७ मा उम्मेदवार गणेश पराजुलीले ब्यापारीहरूलाई चन्दा दिन दबाब दिँदै आतंक नै सिर्जना गरेपछि ब्यापारीहरू हैरान बनेका छन् ।

पराजुलीले ठमेलमा झोलाको सानो पसलबाट ब्यापार शुरू गरेका थिए । अहिले होलसेल हुँदै ह्याण्डी क्राफ्टको ब्यापारमा समेत संलग्न छन् । ठमेलको वैशाली होटलसँगै हिमालय ह्याण्ड मेड नेपाल पसलका सञ्चालक पराजुलीको ब्यापार नै शंकास्पद रहेको ब्यापारीहरू बताउँछन् ।

पराजुलीले तयारी पोशाक ब्यापारी र गार्मेन्ट ब्यवसायीहरूलाई चन्दा नदिए रास्वपा सरकार बनेपछि अप्ठेरो पर्ने भन्दै एक लाखदेखि १० लाख रुपैयाँसम्म चन्दा दिन दबाब दिँदै तारन्तार फोन गर्दै आइरहेका छन् ।

नेपालबाट अमेरिका तथा युरोपमा तयारी पोशाक निर्यात गर्ने अधिकांश ब्यापारीहरूको ठमेल र न्यूरोड क्षेत्रमा शो रुमहरू छन् । तिनै ब्यापारीहरूलाई पराजुलीले चन्दा नदिए सरकार बनेपछि अप्ठेरो पारिदिने भन्दै धम्कीसमेत दिने गरेका छन् ।

पराजुली निकट एक ब्यापारीका अनुसार सामान्य आर्थिक हैसियत भएका र ठमेलमा साने झोला पसल गरेर गुजारा गर्ने पराजुली पछिल्लो समय आर्थिक हैसियत अपत्यारिलो गरी बढाएका छन् ।

उनी निकटका अनुरा पराजुलीले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बनेका बेला अदृष्य रुपमा संकलन गरेको रकम तिनै पराजुलीले व्यवस्थापन गर्दै आएका छन् ।
पराजुलीले उक्त अवैध रकमलाई घरजग्गा व्यवसायमा लगानी गरेको उनी निकटका एक व्यक्तिले नाम नखुलाउने सर्तमा भने । पराजुलीका परिवारका सदस्य र विश्वास पात्रको नाममा ठमेल तथा गोल्खुपाखा क्षेत्रमा १० भन्दा बढी आलिशान महल खरिद गरिएको दाबी गरिएको छ ।

चुनावको पूर्वसन्ध्यामा पराजुलीले ब्यापारीहरूसँग अकुत चन्दा सङ्कलन गरेर अवैध रुपमा पार्टीमा खर्च गर्न लागेको भनेर ठमेल क्षेत्रका व्यापारीहरूमा चरम असन्तुष्टि विरोध बढ्न थालेको छ ।

उनी निकट एक ब्यापारी भन्छन् “अघिल्लो पटकको चुनावमा साथी भनेर सहयोग गरियो, भोट पनि हालियो तर यिनीहरूका गतिविधि सारै शङ्कास्पद देखिए अब पुग्यो ।”

पराजुलीले सुवर्ण भूमि सहकारी लगायतका दर्जनौँ बैंक तथा वित्तीय संस्थाहरूको बैक खाता र क्यूआर पठाएर रकम दिन दबाब दिएको र एक हजार ब्यापारीहरूलाई पीडितहरूको गुनासो छ । ती सबै प्रमाणहरू पीडितहरूको गोपनीयतालाई ख्याल गर्दै सार्वजनिक नगरी हामीले सुरक्षित राखेका छौँ । सरकारमा पुगेपछि अप्ठेरो पार्ने भनेपछि कतिपय मारवाडी समुदायका ब्यापारीहरूले पठाएको रकमका भौचरहरूसमेत सुरक्षित राखिएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीबाट गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका थिए । उनी आफ्ना निकट नेकपा एमालेका श्यामकुमार घिमिरलाई हराएका थिए । उनको यो हर्कतले पार्टीलाई नै असर गर्ने विश्वास गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्दा नदिए सरकार बनेपछि अप्ठ्यारो पर्नेभन्दै ब्यापारीलाई धम्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img