HomeFeatured 2रौतहटको गौरमा हिंसा भड्काउन संलग्न रहेको आरोपमा जमशेद पक्राउ

रौतहटको गौरमा हिंसा भड्काउन संलग्न रहेको आरोपमा जमशेद पक्राउ

रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक हिंसालाई पुनः भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ।
उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्‍याइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका लागि नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
रौतहटको गौरमा दुई सम्प्रदायबीच हिंसा भड्काउने उनको भूमिको रहेको आरोप लागेको छ ।
शुक्रवार दुवै समुदायबीच सहमति भई स्थिति साम्य भएको भए पनि शनिबार बिहानैदेखि ‘पछाडिबाट चलाइएको योजनाबद्ध उक्साहट’का कारण अवस्था फेरि तनावग्रस्त बनेको थियो।
प्रारम्भिक अनुसन्धानले गौर नगरपालिका–६ का पूर्व वडाध्यक्ष तथा हाल जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदको संलग्नता संकेत गरेको छ।
शेख जमशेद यसअघि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट निर्वाचन क्षेत्र–२ (क) बाट मधेश प्रदेश सांसदको उम्मेदवारी दिएका थिए । ५ हजार ४७४ मत प्राप्त गरेका उनी त्यसपछि डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरी जिल्ला संयोजकको जिम्मेवारीमा थिए ।
सुरक्षा निकायले सामाजिक सञ्जाल गतिविधि, स्थानीय भेटघाट र घटनापूर्व–पश्चात सम्पर्कहरूको विस्तृत विश्लेषण गर्दै ‘उक्साउने’ व्यक्तिहरूमाथि निगरानी बढाएको छ। हालसम्म प्रमाण संकलन जारी रहे पनि कसैविरुद्ध आधिकारिक मुद्दा दर्ता भएको छैन।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रौतहटको गौरमा हिंसा भड्काउन संलग्न रहेको आरोपमा जमशेद पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img