Homeसमाचारसी.के. कांग्रेसको इन्साइक्लोपेडिया’

सी.के. कांग्रेसको इन्साइक्लोपेडिया’

बिर्तामोड ८ फागुन । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले सी।के। प्रसाईको बहुआयामिक ब्यक्तित्वबारे चर्चा गरेका छन् ।
सी।के। प्रसाईको ३२ औं स्मृति दिवसका अवसरमा सी।के। चिन्तन प्रतिष्ठान झापाको आयोजनामा ‘सी।के। प्रसाईको ब्यक्तित्व र प्रजातान्त्रिक समाजवाद’ विषयक विचार गोष्ठी एवं सम्मान कार्यक्रमका सहभागी बक्ताहरुले सी.के विचार, प्रजातान्त्रिक समाजवाद एवं सरल राजनीतिक ब्यक्तित्वबारे चर्चा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सी।के। प्रसाई नेपाली कांग्रेसको ‘इन्साइक्लोपेडिया’ भएको बताउनुभयो । ‘जसरी इन्साइक्लोपेडिया बहुउपयोगी र सबैका लागि पठनीय हुन्छ, कांग्रेसको राजनीतिमा सी।के। प्रसाईं इन्साइक्लोपेडिया हो । उहाँको ब्यक्तित्वमा समाजवादको पूर्ण अनुकरण एवं विचारमा समाजवादी दृष्टिकोणको पूर्ण ब्याख्या भेटिन्छ ।’
राजनीति गर्ने र राजनीतिमा चासो राख्ने हरेक ब्यक्तिले ‘सी।के।को सरल राजनीति’ पुस्तक पढ्नुपर्ने चर्चा गर्दै उहाँले सी।के। प्रसाईले दिनमा एक घण्टा दैनिक लेख्ने गरेको स्मरण गर्नुभयो । ‘विहान ४ बजेदेखि ५ बजेसम्म उहाँ जहिल्यै लेख्नुहुन्थ्यो, लेखेको कुरा सम्पादन गर्नु पर्दैनथ्यो’–उहाँले भन्नुभयो–‘उहाँ मेरो संरक्षक र राजनीतिक गुरु हुनुहुन्थ्यो ।’
पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले राजनीतिमा विचारप्रतिको प्रतिबद्धता, इमान्दारिता, निष्ठा चाहिने उल्लेख गर्दै नेतृत्वमा विनम्रता आवश्यक हुने बताउनुभयो । ‘अर्काको घर भत्काएर आफ्नो घर ठडिदैन, सबैको घर अग्लो भएमात्रै समृद्धि आउँछ’–उहाँले भन्नुभयो–‘वी।पी।विचार एवं सी।के।को विचारको सम्मान गर्ने हो भने राजनीतिमा इमान्दारिता जरुरी छ । सबैजना इमान्दार बन्नुस्, निर्वाचन नजिकिएको छ ।’
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले ‘नेताको बोली बन्दुकको गोलीभन्दा बलवान हुन्छ’ भन्ने धारणा सी।के प्रसाईले राख्ने गरेको स्मरण गर्दै यो विचार जहिल्यै सान्दर्भिक रहने चर्चा गर्नुभयो । कुनै राजनीतिक योगदान नभएका ब्यक्तिहरु सामाजिक सञ्जालबाट राजनीतिमा उदाउने प्रयास गरिरहेको धारणा राख्दै सभापति थापाले सामाजिक सञ्जालको लोकप्रियता मतपेटिकामा नबद्लिने सन्देश बंगलादेश र थाइल्याण्डको निर्वाचनले दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले सी।के। प्रसाईंको विचार पढेर थुप्रै मानिसहरु प्रजातान्त्रिक समाजवादी विचारधारामा आबद्ध भएको बताउँदै उहाँको नाममात्रले पनि आफू समेत विभिन्न ठाउँमा सम्मानित भएको बताउनुभयो । वी।पी।कोइरालाको प्रजातान्त्रिक समाजवादी विचार एवं सी।के। प्रसाईंको त्यसैमा केन्द्रित ब्याख्याले समाजवादी विचारधारा बुझ्न सहज बनाएको उहाँको भनाई थियो । विचारप्रतिको निष्ठा र आदर्शले राजनीतिक सफलता प्राप्त हुने बताउँदै उहाँले सी।के।का विचारलाई अनुशरण गरेर नजिकिएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षमा मत प्रदान गर्न आम मतदातामा आह्वान गर्नुभयो ।
कार्यक्रममा ‘सि।के।प्रसाईको ब्यक्तित्व र प्रजातान्त्रिक समाजवाद’ का विषयमा केन्द्रित रहेर बोल्नुहुँदै पूर्व मन्त्री खगेन्द्रप्रसाई प्रसाईले आफ्नो आस्था नमिले पनि सी।के। प्रसाईको विचार, ब्यक्तित्व र इमानले सबै आस्थाका मानिसहरुलाई एकै ठाउँमा उभ्याएको चर्चा गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता लीला उदासीले सी.के. प्रसाईको ब्यक्तित्व प्रजातान्त्रिक समाजवादले अंगिकार गरेको नीति अनुसारकै रहेको चर्चा गर्दै वी.पी. कोइराला, तुर्सा हेमरमको नाम नजोडी सी।के।को ब्यक्तित्व अपुरो रहने धारणा राख्नुभयो । सर्वश्वहरणमा परेर निर्वासनमा रहेका बेलासमेत उहाँलाई बोलाएरै नर्थ वंगाल युनिभर्सिटीले अध्यापन गराउन लगाएको बताउँदै बरिष्ठ अधिबक्ता उदासीले निर्वासनमा रहँदा पनि सी।के। प्रसाईका विचारहरु भारतीय पत्रपत्रिकाले छाप्ने गरेको र त्यो खोजी–खोजी पढ्नेगरेको स्मरण गर्नुभयो ।
सी।के। चिन्तन प्रतिष्ठानका पूर्व अध्यक्ष एवं साहित्यकार कृष्ण धराबासीले प्रतिष्ठान स्थापना र सी।के। प्रसाईका विचारहरु पुस्तक प्रकाशनको ऐतिहासिक पक्ष बताउँदै निर्वासनको सजाय भोगिरहेका ब्यक्ति सी।के। प्रसाईंसँग विवाह गरेर उहाँको राजनीतिक सफलतामा गिरिराजकुमारी प्रसाईंको योगदान उत्तिकै चर्चायोग्य रहेको बताउनुभयो ।
अर्का बक्ता एवं अधिबक्ता लक्ष्मी खनाल कोइरालाले सी।के।को सरल राजनीति पुस्तक सबैले पढ्नुपर्ने बताउँदै त्यहाँभित्रका अधिकांश विचारहरु अहिलेपनि समयसान्दर्भिक रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा एवं सी.के. प्रसाईका समकालीन राजनीतिज्ञ डिल्लीप्रसाद सिटौलालाई सम्मानपत्र, खादा एवं नगदसहित सम्मान गरिएको थियो ।
सी।के। चिन्तन प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एवं औचित्यमाथि प्रकाश उपाध्यक्ष सजेश शिवाकोटीले पार्नुभएको थियो । प्रतिष्ठानका महासचिव इन्दु पूर्वेलीले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्मानपत्र वाचन सचिव खगेन्द्रप्रसाद प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा सी.के. चिन्तन प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाई, संगिता प्रसाई, शहीदपिता केदार समशेर गिरी, साहित्यकार पुण्य खरेल नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, महासमिति सदस्यहरु जलकुमार गुरुङ, सिता पौडेल, दिपेन्द्र ढकाल, महाधिवेशन प्रतिनिधिहरु भीम राजवंशी, खगेन्द्रविक्रम नेम्बाङ, बडाराम हेमरम, भुमादेवी घिमिरे नेपाल प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतम, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, समानुपातिक सांसद पदका उम्मेद्वार मनुमाया विश्वकर्मा, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, जिल्ला सदस्य एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको प्रतिष्ठानका कोषाध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसी.के. कांग्रेसको इन्साइक्लोपेडिया’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img