Homeसमाचारकेशवको कबोल

केशवको कबोल

इन्दु पूर्वेली

धुलाबारी ७ फागुन । १५/१६ बर्षको कलिलो उमेरमै राष्ट्रियता, प्रजातन्त्र, समाजवादी दर्शनबाट प्रभावित भएर निरन्तर राजनीतिमा सक्रिय केशवराज पाण्डे प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–१ का उम्मेद्वार छन् ।
जनताको घरदैलोमा पुगेर आफू सबै जनताका समस्यामा साथसाथै रहने एवं समस्याबाट नभाग्ने प्रतिबद्धता जनाइरहेका उनले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध मुलुक निर्माणमा अपनत्व स्थापित गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । निर्वाचन नजिकिएका बेला निश्चित दल र तिनका उम्मेद्वारलाई किन जिताउने ? भन्ने प्रश्न जनतामा उठ्नु र प्रश्न राख्नु स्वभाविक हो । नेपाली कांग्रेसलाई नै भोट किन दिने ? भन्ने विषयमा १६ बुँदे प्रतिबद्धता पत्र पाण्डेले सार्वजनिक गरेका छन् ।
प्रतिनिधिसभा विकासे एजेण्डा उठाउने स्थल होइन । यो त देशलाई राम्रोसँग चलाउन र जनताका समस्या समाधान गर्न नीति निर्माण गर्ने थलो हो । तर सरकार बनाउने स्थलसमेत भएकाले सरकारको नेतृत्वमा पुगे देशविकासका एजेण्डा र जनताका आवश्यकता संवोधन गर्ने ठाउँ पनि हो । तर आफ्नो दल बदलेर देश बदल्ने यात्रामा निस्किएको कांग्रेसले ‘आफूले गर्न नसक्ने आश्वासन जनतालाई नदिन’ निर्देशन नै गरेको छ ।
जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगारीदेखि सामाजिक सुरक्षासम्मका छन् । यही अनुसार भोट माग्न जाने नेतृत्वसामु जनताले प्रश्न पनि तेस्र्याइरहेका छन् । उनी जनताका प्रश्नबाट नभागी जवाफ दिन्छन् र भन्छन्–‘हरेक जनताको दुःख, सुखमा साथ साथ छु । साथसाथै रहन्छु ।’ देशको सेवा गर्ने अवसर दिन अनुरोध गर्दै उनी जनताको घरदैलोमा पुगिरहेका छन् ।
बुवा सत्यनारायण र आमा निरादेवी पाण्डेका कोखबाट २०२९ सालमा जन्मिएका पाण्डे २०४५ सालबाटै राजनीतिमा प्रवेश गरेका हुन् । ज्यामिरगढी माविमा अध्ययन गर्दागर्दै नेविसंघमा आबद्ध भएका उनी २०४६ मा बहुदलीय ब्यवस्थाका लागि भएको आन्दोलनमा सक्रिय सहभागी भए । बहुदल प्राप्तिपछि कनकाई क्याम्पस विर्तामोडको स्ववियु अध्यक्ष, तत्कालीन झापा क्षेत्र नं–३ बाट नेविसंघको क्षेत्रीय उपाध्यक्ष हुँदै पार्टीको आठौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बने ।
त्यसपछि लगातार तीन कार्यकालसम्म क्षेत्रीय समिति सदस्य बनेका उनी पार्टीको ११ औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि बने । संयोगवस त्यही कार्यकाल अर्थात २०५७ सालमा उनी जिल्ला सदस्य मनोनित भए । नेपाली कांग्रेसका तत्कालीन सभापति सुधिरकुमार शिवाकोटीले जिल्ला सदस्य मनोनित गरेसँगै उनको राजनीतिक यात्रा जिल्लाको पदाधिकारीमा जारी छ । पार्टीको १२ औं महाधिवेशनमा महासमिति सदस्य, १३ औंमा जिल्ला कोषाध्यक्ष, १४ औंमा जिल्ला उपसभापति चुनिए । १४ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जिल्ला उपसभापति चुनिएका उनी अहिले त्यही जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।
राजनीति समाज परिवर्तनको मुख्य माध्यम हो । हरेक नीतिहरुको नेतृत्व राजनीतिले गर्छ । राजनीति सुध्रिए हरेक क्षेत्र सुध्रिने अपेक्षा पनि गरिन्छ । नीति, नेतृत्व सुधारेर नयाँ विचारधारासहित निर्वाचनमा होमिएको नेपाली कांग्रेसले यसबर्ष देशभरका १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिएको छ । उनी पनि पहिलोपटक पार्टीको नेतृत्व गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् ।
ब्यावसायिक एवं सामाजिक पृष्ठभूमि उनको अर्को सुन्दर पक्ष हो । उनले आदर्श मावि ज्यामिरगढीको विद्यालय ब्यवस्थापन समिति सदस्य, मेची उद्योग बाणिज्य संघको अध्यक्ष, उद्योग बाणिज्य महासंघको तीन कार्यकालसम्म केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक संहालेका पाण्डे स्थानीय एवं जिल्लास्तरका विभिन्न क्लव, सामाजिक संघसंस्थामा आबद्ध छन् । यी जिम्मेवारी संहाल्दै गर्दा संस्थाको नीति, नियम र आदर्शभित्र रहेर उनले ब्यवसायीहरुको हकहित एवं सामाजिक क्षेत्रमा थुप्रै उदाहरणीय कार्य गरेका छन् ।
यति हुँदाहुँदै पनि प्रश्न उठ्न सक्छ–कांग्रेसलाई नै भोट किन ? भन्ने प्रश्नमा उनी भन्छन्–‘ वि.सं. १९८४ देखि २०८२ सालसम्म नेपाली कांग्रेसले २००७ सालमा राणाशासन अन्त्य, २०४६/०४७ को बहुदलीय ब्यवस्थाका लागि भएको आन्दोलन, २०६२/०६३ को संयुक्त जनआन्दोलन, २०७२ मा संविधान घोषणासम्मका हरेक परिवर्तनको नेतृत्व गरेको छ । समय–समयका सबै असन्तुष्ट पक्षहरुलाई समेटेर एउटै मालामा उन्दै सबैका साझा एजेण्डा स्वीकार गरेर सर्वमान्य नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । जेन जी आन्दोलनपछि मुलुक संकटमा छ । यो समय पनि नेतृत्वदायी भूमिका खेल्ने र जेन जी आन्दोलनमा उठेका एजेण्डा एवं जनताका समस्या सम्बोधन गर्ने तागत कांग्रेसले नै राख्छ । तसर्थ रुख चिन्हवाहक उम्मेद्वार र समानुपातिकतर्फ कांग्रेसलाई भोट दिएर ठूलो पार्टी बनाउनुहुन अपिल गर्दछु ।’
१६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै पाण्डेले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसाथ गर्दै समृद्ध मुलुक निर्माणमा अपनत्व स्थापित गर्न, नवीन नीतिसहित बदलिएको कांग्रेसको नेतृत्वमा समृद्ध नेपाल निर्माण गर्न, देश निर्माणमा शालिन सोच, संयम र सुशासन स्थापित गर्न, विभेदरहित समाज निर्माण, समतामूलक भावनाको विकास गर्दै राज्यप्रदत्त सेवामा पहुँच स्थापित गर्न, अग्रजको सम्मान, समकालीनको साथ र अनुजको अग्रसरतासहित ज्ञान र सीपको भरपुर उपयोग गर्न कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
‘हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने ? भन्ने सोच राखेर हाम्रै पालामा देश बन्छ र हामीले नै बनाउनुपर्छ भन्ने राष्ट्रवादी चेत बृद्धि गर्दै सबै जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, वर्ग, लिङ्ग, समुदायको उचित सम्मान गर्न, शान्ति, लोकतन्त्र र संघीय शासन प्रणाली, संसदीय ब्यवस्थालाई थप प्रभावकारी र जनमुखी बनाउन, सवैखाले सामाजिक विभेदको अन्त्य गरी गाँस, बास, कपास र मानवीय आवश्यकतालाई बद्लिदो परिवेश अनुरुप स्थापित गर्न, शिक्षा, स्वास्थ्य, नागरिक पहुँच स्थापित गर्न पनि कांग्रेसलाई नै भोट दिनुपर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
दोष दिएर होइन जिम्मेवारी लिएर इमान्दारिताका साथ दायित्व र कर्तब्य बुझ्नु र बुझाउनुपर्ने धारणा राख्ने उनी घोषणापत्रमा पञ्चशिलमा आधारित सन्तुलित परराष्ट्र नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै विकसित राष्ट्र निर्माण गर्न, विगतमा सञ्चालनमा रहेका संघीय/प्रादेशिक तथा स्थानीय तहका विकासे योजना समयमै सम्पन्न गर्न र जन आवश्यकता अनुसार नयाँ योजनाहरु ल्याउन तथा पार्टी सभापति गगन थापालाई प्रधानमन्त्री बनाएर देश निर्माणको गति तिब्र बनाउन कांग्रेसलाई नै भोट दिन आम मतदातामा पाण्डेले अपिल गरेका छन् ।
निर्वाचन नजिकिदै गएको यो समयमा जनताको सुझबुझपूर्ण निर्णय आवश्यक छ । सक्षम, इमान्दार, निष्ठावान, स्पष्ट नीति र विचार भएको नेतृत्व चयन मतदाताको अधिकार हो । यो अधिकारको भरपुर उपयोग गर्दै झापा क्षेत्र नम्बर–१ का जनताले सबल नेतृत्व चयन गर्न सक्नेछन् भन्ने विश्वास पाण्डेले लिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकेशवको कबोल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img