HomeFeatured 2कोशी प्रदेश स्तरीय खोज पत्रकारिता तालिम सम्पन्न

कोशी प्रदेश स्तरीय खोज पत्रकारिता तालिम सम्पन्न

बिर्तामोड २९ माघ। नारी सञ्चार गृह झापाको आयोजना तथा टेवाको सहयोगमा बिर्तामोडमा संचालित कोशी प्रदेश स्तरीय तीन दिवसीय महिला पत्रकार लक्षित खोज पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं ४ का कार्यबाहक अध्यक्ष निर्मला ल्वागुनको प्रमुख आतिथ्यतामा तीन दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको हाे ।
बरिष्ठ पत्रकार बबिता बस्नेत र उमाकान्त खनालले सहजीकरण गर्नु भएको थियो भने तालिममा ईलाम, सुनसरी, मोरङ , पाँचथर र झापा जिल्लाका ३० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो।
प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ४ का कार्यबाहक अध्यक्ष निर्मला ल्वागुन र बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले मनतव्य राख्नु भएकाे थियाे।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, सचिव ध्रुव भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी , प्रेस चौतारी नेपालका अध्यक्ष प्रदीप परियार,प्रेस युनियन झापा उपाध्यक्ष सविना लिम्बु,ए .बि .सी नेपालकी केन्द्रीय सदस्य कंचना ढकाल सिटौला, नेपाल उधमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपा पोखरेलले गर्नुभएको थियो भने
तालिम माघ २७ गते देखि २९ सम्म सञ्चालन भएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी प्रदेश स्तरीय खोज पत्रकारिता तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img