HomeFeatured 2कलाकार सुनिल थापा अब सम्झनामात्र

कलाकार सुनिल थापा अब सम्झनामात्र

कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ । ६८ वर्षको उमेरमा भएको थापाको निधनले नेपाली र भारतीय चलचित्र तथा सिरिज क्षेत्रमा ठूलो क्षति पुगेको छ । उनको निधनले नेपाली फिल्मको अभिनय यात्रामा एउटा शोक र रिक्तता सिर्जना गरेको छ । १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विविध पक्षमा योगदान दिए । सन् १९७४ मा मुम्बईमा मोडलका रूपमा काम गर्दै उनले बिन्नी र माफतलाल जस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरे ।
सन १९८१ मा भारतीय चलचित्र ‘एक दुजेके लिए’ बाट उनले बलिउडमा करिअर थाले । यो फिल्म त्यतिबेला हिट थियो र यसले थापालाई भारतीय सिने परिदृश्यमा परिचित गराउने कार्यमा भूमिका खेल्यो ।

कालजयी र सुपरहिट नेपाली फिल्म ‘चिनो’ पछि उनी नेपाली फिल्मतिर आइपुगे । तथापि उनले दुवै ठाउँमा अभिनय गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भए । नेपाली फिल्ममा खलनायकको रूपमा प्रख्यात छन् । ‘चिनो’ मा निर्वाह गरेको राते काइँलाको भूमिकाले उनको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍यायो ।
अहिलेसम्म १३८ वटा चर्चित नेपाली फिल्ममा अभिनय गरेका थापाले अभिनय गरेको पछिल्लो फिल्म रिलिजको हिसाबले ‘एक्लो’ थियो ।
आवाजमा रहेको कडापन, शब्दको उच्चारणमा रहेको तौल, मौनतामा समेत देखिने धम्कीले खलनायकलाई झनै प्रभावशाली बनायो । धेरैजसो दृश्यमा उनी चुप लागेर बस्दा पनि दृश्य भारी हुन्थ्यो । त्यो कला सबै कलाकारसँग हुँदैन ।
थापाले नेपाली खलनायकलाई अन्तर्राष्ट्रियस्तरको छवि दिए । भारतीय चलचित्रमा काम गर्दा पनि उनको अभिनयको स्तर उस्तै सशक्त देखियो । यसले नेपाली कलाकार पनि बलिउड स्तरका पात्र चित्रण गर्न सक्षम छन् भन्ने प्रमाण दियो ।
सारमा भन्नुपर्दा, थापाले खलनायकलाई गम्भीर, शक्तिशाली, बौद्धिक र विश्वसनीय पात्रका रूपमा नेपाली पर्दामा स्थापित गरे । आफूपछि आउने पुस्ताका कलाकारले खलनायकलाई कसरी प्रस्तुत गर्ने भन्ने नयाँ मापदण्ड नै उनले तयार पारिदिए कि भन्ने जस्तो देखिन्छ । त्यसैले उनी केवल एक सफल अभिनेता मात्र होइन, नेपाली सिनेमामा खलनायक चरित्रको पुनर्परिभाषा गर्ने सशक्त कलाकार हुन् ।
उनको अभिनय नेपाली फिल्म इतिहासमा स्मरणीय हुनेछ । उनले अभिनय गरेका फिल्म, पस्केका भूमिकाको विविधता र योगदान गरेको कलात्मकता नेपाली सिनेमा र सामाजिक स्मृतिमा अमिट रहनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कलाकार सुनिल थापा अब सम्झनामात्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img