Homeखेलसातौं संस्करणको झापा गोल्डकप आजदेखि

सातौं संस्करणको झापा गोल्डकप आजदेखि

बिर्तामोड २४ माघ । सातौँ संस्करणको झापा गोल्डकप आजदेखि शुरु हुँदैछ । घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा आजदेखि सञ्चालन हुने एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा झापा ११ र नेपाल पुलिसबीच हुनेछ ।
मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा चिनिएको झापा गोल्डकपको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले प्रायोजन गरेका छन् ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्ट क्लब भारत, एन पेनाङ फुटबल क्लब मलेसिया तथा आयोजक टिम झापा–११ सहित स्वदेशी तथा विदेशी गरी १० टोली सहभागी रहनेछ ।
खेल उद्घाटनका अवसरमा झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ । साथै रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई उद्घाटनका दिन नगद एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने तयारी आयोजकले गरेका छन् ।
प्रतियोगिता सञ्चालनका लागि १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलसातौं संस्करणको झापा गोल्डकप आजदेखि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img