HomeFeatured 2इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता माघ २१ देखि

इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता माघ २१ देखि

भद्रपुर १९ माघ । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप आयोजनाको तयारी पूरा भएको छ। प्रतियोगिता भद्रपुरस्थित मेची क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक भद्रपुर क्रिकेट क्लबले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता तयारी पूरा भएको जानकारी दिएको हो। क्लबका अध्यक्ष मनोज सुब्बाले प्रतियोगितामा आयोजक नेपालका तर्फबाट भद्रपुर क्रिकेट क्लब ,गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडौ र फ्रेन्डस युथ क्लब डढेलधुरा सहभागी रहने बताउनुभयो । प्रतियोगितामा भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब (लखनाऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) गरि ८ टिम र नेपालतर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्सरगण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुब्बाले जानकारी दिनुभयो
आठवटै टिमलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने छ । पुरस्कारतर्फ प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। साथै उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताउनु भयो।
त्यसैगरी उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताका अवसरमा भारतीय तथा नेपाली खेलाडी र अफिसियलहरूलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेल, व्यावसायी आदित्य पराजुली लगायतले बोल्दै पहिलो पटक झापामा हुन लागेको प्रतियोगितामा सबै पक्षको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । गोपाल गिरीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।भद्रपुर र झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट संसारमा स्थापित गर्दै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव आदान प्रदान गर्नु रहेको आयोजकको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता माघ २१ देखि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img