HomeFeatured 2केपी र बालेनसंग चुनावी मैदानमा मन्धरा

केपी र बालेनसंग चुनावी मैदानमा मन्धरा

दमक ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषय लिएर झापाको क्षेत्र नं. ५ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चर्चामा छ । यसको चर्चा चुलिनुमा निर्वाचनमा आमने सामने हुने निश्चित भएका दुई प्रतिष्पर्धी उम्मेद्वारको कारण हो ।
राजनीतिबाटै चर्चा कमाएका केपी शर्मा ओली र काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र साह आमने सामने हुने भएपछि झापा ५ को चर्चा अझ चुलिएको हो । यही चुलिएको चर्चाको मैदानभित्र कांग्रेसबाट मन्धरा चिमरिया पौडेल प्रवेश गरेकी छन् । कांग्रेसका तर्फबाट मन्धराले मनोनयन दर्ता गराएकी हुन् । चर्चामा रहेका दुई पात्रदेखि यसअघि टिकट दावी गर्नेहरु पछि सरेपनि मन्धराले पार्टीबाट मैदान खाली नछोड्ने हिम्मत गरेको स्रोतले बताएको छ । मन्धरासंगै नेपाली कम्युनिष्ट पार्टीबाट अर्का युवा नेता रञ्जित तामाङ, विप्लव नेतृत्वको नेकपा माओवादीका तर्फबाट ३२ बर्षिय सञ्जय राईलाई अघि सारेको छ ।
संसद प्रवेश गरेका दलहरुबाट क्षेत्र नं. ५ मा एकमात्र महिला उम्मेद्वार रहेकी मन्धरा लामो समयदेखि झापाको दमकमा बसेर राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील अगुवा महिलाका रुपमा स्थापित पौडेल महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा सशक्त अभियान्ताका रुपमा चिनिएकी छन् ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी प्रस्तावक र क्षेत्र नं ५ ९ख०का सभापति रवि केसी न्यौपाने समर्थक रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2केपी र बालेनसंग चुनावी मैदानमा मन्धरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img