भद्रपुर माघ । भद्रपुरको व्यापारलाई चलायमान बनाउन उद्योग वाणिज्य संघ झापाले माघ ७ गतेबाट आयोजना गर्न लागेको झापा औद्योगिक, व्यपार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोे छ ।
माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा चल्ने औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको हो ।
महोत्सवमा १२० व्यापारिक स्टल, १० वटा खानाका परिकार स्टल रहने छन् भने हरेक दिन खेलकुदका गतिविधि समेत सञ्चालन हुने छन् । हरेक साँझ ख्यातिप्राप्त कलाकारहरूबाट साागीतिक प्रस्तुति रहने महोत्सवमा उद्योग, व्यपार, कृषि, पर्यटन क्षेत्र झलकने प्रदर्शनी तथा विक्री वितरण केन्द्र रहने मूल आयोजक समितिका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
महोत्सव सञ्चालनका लागि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मुल आयोजक तथा अतिथि सत्कार समिति रहेको छ भने महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहने छ ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंछी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दिर्घकालीन र आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने लक्ष्यसहित महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमार्फत राईले जानकारी दिए ।
मूल आयोजक झापा उद्योग वाणिज्य संघले भद्रपुरमा यस महोत्सवबाट १० करोड रूपैयाँ बराबरको कारोवार तथा एक लाख बढी अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखेको जनाएको छ ।
‘समृद्धि आधार, आर्थिक विकासः कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा लक्ष्य पूरा गर्न घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवद्र्धनका लागि १२० विभिन्न स्टल रहने पत्रकार सम्मेलनमा बताइएको छ ।
आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राईको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, भद्रपुर नगर उपप्रमुख राधा कार्की, ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले धारणा राख्दै औद्योगिक महोत्सवले वर्तमान विषम परिस्थितिलाई चिर्दैं उद्योगी तथा व्यवसायीहरूलाई आफ्ना उत्पादनहरू, सेवाहरू र व्यापारिक गतिविधि आत्मसात गर्ने प्लेटफर्म प्रदान गर्ने अपेक्षा सहितको धारणा राखेका थिए । उनीहरूले आर्थिक क्षेत्रलाई चलायमान बनाइ आर्थिक वृद्धि हासिल गर्न खोजिरहेका उद्योगी व्यवसायीका लागि यो महोत्सव मञ्चका रूपमा एउटा महत्वपूर्ण कार्यक्रम बन्ने समेत धारणा राखेका थिए ।
भद्रपुर महाेत्सवकाे तयारी अन्तिम चरणमा



















