भद्रपुर २९ पुस । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुर, झापाको सोमबार राति सम्पन्न निर्वाचनमा निरज पोखरेल १७१ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी प्रकाश निरौलाले १३२ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा नारायण हजाम र मुकुन्द पौडेलले बराबर ९९ मत प्राप्त गरे भने प्रतिदोन्दी महेश भट्टराईले ९२ मत प्राप्त गर्नु भयो । सचिवमा मुरारी न्यौपाने १७० मतसहित विजयी हुँदा जंगबहादुर रसाइलीले १२५ मत प्राप्त गर्नु भयो । सह–सचिवमा पानीलाल राजवंशी १७५ मतसहित निर्वाचित भए भने वसन्त ढकालले ११६ मत प्राप्त गरे।
कोषाध्यक्षमा शिव समाल मगर १६७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी डिल्लिराम अधिकारीले १२६ मत पाए। सह–कोषाध्यक्षमा सुगम सुवेदी १४१ मतसहित निर्वाचित हुँदा छविरमण खनालले १३७ मत प्राप्त गरे ।
आगामी ३ वर्षे कार्यकालका लागि गठित समिति सदस्य तर्फ हरि श्रेष्ठ (१७४), पानीलाल राजवंशी, कृष्ण प्रसाद घिमिरे (भाञ्जा) (१५१), सुरेन्द्र न्यौपाने (१५२), विष्णु प्रसाद पोखरेल (राजु) (१६०), इश्वर सारु मगर (१४५), कृष्ण बहादुर कटुवाल (१४०) र सुरज निरौला (१३१) विजयी भएका छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
नेपाल लेखापढी कानून व्यवसायी भद्रपुरको अध्यक्षमा निरज



















