Homeसमाचारमिराको नेतृत्वमा मानव अधिकारका लागि एकल महिला

मिराको नेतृत्वमा मानव अधिकारका लागि एकल महिला

भद्रपुर पुस । मानव अधिकारका लागि महिला एकल महिलाको अध्यक्षमा मिरा कार्की खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
भद्रपुरस्थित एकल महिला छहारीमा एकल महिलाहरुको भेलाले खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दुर्गा भट्टराई (मिरा) र तुलसा खतिवडा, सचिवमा बबिता पाण्डे, सहसचिवमा मैया आचार्य र कोषाध्यक्षमा किरण तिम्सिना सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक लक्ष्मी खनाल कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यहरुमा दुर्गा महत, राधा निरौला, जमुना खरेल लगायत रहेका छन् । ११ सदस्यीय कार्यसमितिमा बाँकी रहेका सदस्यहरु कार्यसमितिको बैठकले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मनोनयन गर्ने बताइएको छ ।
त्यसैगरी एकल महिला बहुउद्देश्यीय सहकारी संस्थाको सचिवमा ज्योति न्यौपाने रिजाल र कोषाध्यक्षमा शुशिला दाहाल चयन भएका छन् ।
भद्रपुरस्थित एकल महिला छहारीमा संस्थाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि अन्जन न्यौपानेले अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्का, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष देविका निरौला बस्नेत, जीवन विज्ञानका प्रशिक्षक लक्ष्मण न्यौपाने, अधिवक्ता लक्ष्मी खनाल कोइराला लगायत शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थालाई विभिन्न किसिमले सहयोग गर्ने दाताहरु सिटौला, बस्नेत, कमला दाहाल, पत्रकार रमा दाहाल, खड्कबहादुर खड्का लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष रेखा अधिकारीले संस्थाका बार्षिक गतिविधिसहित भौतिक सम्पत्तीसहित समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मिरा भट्टराई र सञ्चालन मिरा कार्की खड्काले गर्नुभएको थियो ।
२०६४ सालमा शाखाका रुपमा शुरु भएको महिला अधिकारका लागि महिला एकल महिला झापाले २०७४ सालमा जिल्लामै दर्ता भई सेफ हाउस सञ्चालन गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमिराको नेतृत्वमा मानव अधिकारका लागि एकल महिला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img