HomeFeatured 2पत्रकारितामा को–पाइलट बन्दै एआई

पत्रकारितामा को–पाइलट बन्दै एआई

बिर्तामोड १७ पुस । नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी दुईदिने तालिम आज सम्पन्न भएको छ। प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा भित्रिएका नयाँ उपकरणहरूको प्रयोग बारेमा जानकारी दिने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।
तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना महिला पत्रकारहरूको सहभागिता रहेको बताइएको छ। कार्यक्रममा सहभागीहरूलाई एआईको आधारभूत अवधारणा, समाचार लेखनमा यसको प्रभावकारी प्रयोग र डिजिटल सुरक्षाका विषयमा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।
तालिममा सञ्चारकर्मी उमाकान्त खनालले सहजीकरण गर्नुभएको थियो। उहाँले पत्रकारितामा एआईको प्रयोगले कार्यक्षमता वृद्धि गर्ने भए तापनि यसको प्रयोग गर्दा सत्यतथ्य जाँच र नैतिक पक्षमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।
तालिममा समाचार सङ्कलन र सम्पादन एआईको प्रयोगले हुने सहयोग, क्षमता, दक्षता, अपरिहार्यताबारे जानकारी दिनुका साथै चुनौति र अवसरबारे पनि जानकारी दिइएको थियो ।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले महिला पत्रकारहरूलाई आधुनिक प्रविधिसँग जोड्न र उनीहरूको व्यावसायिक क्षमता विकास गर्न तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा एआई को–पाइलटका रुपमा आइसकेको धारणा राखेका थिए। समापन समारोहमा सहभागीहरूले सिकेका सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सहभागीका तर्फबाट रमा दाहाल र सविना लिम्बूले आ आफ्ना भनाई राखेका थिए । सञ्चालन दिपा पोखरेलले गरको तालिमको संयोजन सिर्जना परियारले गर्नुभएको

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकारितामा को–पाइलट बन्दै एआई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img