बिर्तामोड १५ मंसीर । नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बिर्तामोड आइकेयरको सहयोगमा एकदिने आँखा तथा नाक, कान, घाँटी सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सहकारी संस्थाको कार्यालयमै आयोजित शिविरमा १२० जनाले आँखा तथा नाक, कान, घाँटीको परिक्षण गराएका थिए ।
ती मध्ये २ जनाको आँखामा मासु पलाउनुका साथै सात जनामा मोतिया बिन्दु भएको पाइएको आयोजक नयाँ उज्यालो सहकारी संस्थाकी अध्यक्ष शुष्मा पौडेलले जानकारी दिनुभयो ।
डा. राहुल ठाकुरको नेतृत्वमा रहेको चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको शिविरको उद्घाटन सत्रको सञ्चालन शिव पौडेलले गरेका थिए भने शुष्मा पौडेलको अध्यक्षता रहेको थियो ।
नयाँ उज्यालो साकोसको स्वास्थ्य शिविरमा १२० जनाले लिए सेवा



















