Homeसमाचारलैंगिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाबारे कार्यशाला

लैंगिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाबारे कार्यशाला

बिर्तामोड १४ मंसीर / झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी खतिवडाले लिंगका आधारमा हिंसा हुन नहुने जिकिर गरिन् । त्यस्तै, जुनसुकै उमेरका महिलाहरु पनि पीडित भइरहेको उनको भनाइ थियो ।
अहिले पनि नेपालमा महिलाको नेतृत्व स्वीकार गर्न नसकिएको उनले बताइन् । महिलाहरु पुरुषको आज्ञापलक मात्र भइरहेको खतिवडाले बताइन् ।
त्यस्तै, कार्यक्रममा झापा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारी, मानवअधिकारी डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले लैंगिक हिंसाबारे धारणा राखेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का र अधिवक्ता कोपिला खड्काले लैंगिक हिंसाको अवस्था र कानुनी उपचारबारे तथ्यांकगत प्रस्तुति राखेका थिए ।
सहभागीको तर्फबाट अधिवक्ता रञ्जीता कार्की, महिला उद्यमी पार्वता खरेल बिमली, पत्रकार प्रदिप परियार, उमाकान्त खनाल, अधिकारीकर्मी दिपक दास लगायतले लैंगिक हिंसाबारे जिज्ञासा राखेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाको महिला विभाग र नारी सञ्चार गृह झापाको संयुक्त आयोजनामा भएको कार्यशालाको अध्यक्षता महासंघ उपाध्यक्ष विनिशा शर्मा गौतम र गृहकी अध्यक्ष स्वस्तिका आचार्यले गरेका थिए भने सञ्चालन गृहकी सचिव दिपा सापकोटाले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलैंगिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाबारे कार्यशाला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img