HomeFeatured 2भगवद् भक्ती आश्रममा गीतावाचन प्रतियोगिता

भगवद् भक्ती आश्रममा गीतावाचन प्रतियोगिता

बिर्तामोड मंसीर । काशीमणि पितृ स्मृति समूहले आयोजना गरेको प्रतियोगितात्मक गीतावाचन सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष गीता जयन्तीको अवसरमा गीतावाचन प्रतियोगिता गराउँदै आएको काशीमणि पितृ स्मृति समूहद्वारा आयोजित गीतावाचनमा यो वर्ष साङ्गवेद संस्कृत मावि चारपानेका सार्थक बराल प्रथम, देवर्षि संस्कृत विद्यालयका श्याम भण्डारी दोस्रो, अर्जुनधार संस्कृत माविका युनिक खतिवडा तेस्रो भएको आयोजक समूहले जनाएको छ ।
प्रतियोगिताको निर्णायकमा हरिनारायण भट्टराई , युवराज रिमाल , प्रेमप्रकाश फलाहारी रहेका थिए ।
उत्कृष्ठलाई प्रमुख अतिथि हिरण्यप्रसाद भट्टराईले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । गीतावाचनमा भाग सातवटा गुुरुकुलका १४ विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
भगवद्भक्ति आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता तथा विष्णुकुमार भट्टराईले स्वागत र गणेशकुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टराई, पुण्य खरेल ,गोपी प्रसाईं , फलाहारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अतिथिहरू गोपीकृष्ण प्रसाईं, विनोद खनाल, हरिनारायण भट्टराई, पुण्यप्रसाद खरेल ,तुलसी भट्टराई, दुुर्गाप्रसाद सिग्देल, मीना अधिकारी, मोक्ष खतिवडा, चित्रा पौडेल लगायतरहेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भगवद् भक्ती आश्रममा गीतावाचन प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img