Homeसमाचारप्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट र दुर्व्यवहार गर्ने ५ जना पक्राउ

प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट र दुर्व्यवहार गर्ने ५ जना पक्राउ

सुनसरी ११ मंसीर । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ परेका छन् ।
तोडफोड, आगजनी र लुटपाटमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–३ का २९ बर्षीय विजय लिम्वु, इटहरी–५ का ४४ बर्षीय दिपेन्द्रकुमार कार्की, इटहरी–८ का २४ बर्षीय आभाष कार्की, इटहरी–४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी–४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन ।
घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट र दुर्व्यवहार गर्ने ५ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img