बिर्तामोड ९ मंसीर । स्वरोेजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १८ ओै बार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षता तथा ज्येष्ठ नागरिक चित्रबहादुर खत्रीको आतिथ्यमा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन तथा चालु आव २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम संस्थाका अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
इकाईगत साधारणसभा सम्पन्न गरी मंगलबार आयोजित माइन्युट प्रमाणिकरण सभामा अध्यक्ष बस्नेतद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन तथा सञ्चालक समितिको तर्फबाट तयार पारिएको प्रस्तावित विभिन्न १५ बुँदे कार्यविधि पारित भएको कार्यकारी अधिकृत रुपन चाम्लिङले जानकारी दिनुभयो ।
संस्थाले सम्पत्ती शुद्धिकरण निवारण आन्तरिक कार्यविधी, सूचना तथा प्रविधि कार्यविधि, ई बैकिङ्ग संस्थागत वेबसाइट तथा अनलाईन पेज व्यवस्थापन कार्यविधी २०८२ लगायत १५ वटा कार्यविधि पेश गरेको थियो ।

२०६५ सालमा स्थापित स्वरोजगार भवानी सहकारीमा हाल १९ हजार सातसय ९३ महिला शेयर सदस्यसहित ३८ हजार सातसय ९२ जना शेयर सदस्य रहेका छन् । ४ वटा सुपथ मूल्यको पसल समेत सञ्चालनमा ल्याएको सहकारीले झापा, इलाम र मोरङ्गमा सेवा विस्तार गरेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।
गीता खरेल, तुलसी श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत कौशिला परियार र सञ्चालन उपाध्यक्ष मनोज भट्टराईले गर्नुभएको थियो ।
यस अघि संस्थाको इकाइगत साधारणसभा मंसीर २ गतेदेखि शुरु भएको सहकारीका सह व्यवस्थापक नारायण न्यौपानेले जानकारी दिनुभयो ।

































































































