Homeसमाचारमंसिरमा महाधिवेशन माग गर्दै कांग्रेसका २५ सदस्यले बुझाए माग पत्र

मंसिरमा महाधिवेशन माग गर्दै कांग्रेसका २५ सदस्यले बुझाए माग पत्र

काठमाडौं २८ कात्तिक । प्रतिनिधि निर्वाचन अघि नियमित महाधिवेशन गर्नेकी नगर्ने, तोकिएको समयमा निर्वाचन होलाकी नहोला, महाधिवेशन गर्दा नियमित महाधिवेशन की बिशेष महाधिवेशन, भन्ने कुरामा एकमहिनादेखि अल्झिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रतिनिधि निर्वाचन अघि महाधिवेशन नगर्ने संस्थापन पक्षका केही नेताको हठ र दुई महामन्त्रीसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेपछि दबाबमा रहेको कांग्रेस केन्द्रीय समिति निष्कर्षमा पुग्न बन्दी बनिरहेका बेला शुक्रबार भने संस्थापन पक्षका २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।
उनीहरूले आगामी मंसिरभित्र १५ औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गरेका हुन् ।
१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्नुपर्ने माग राखेर शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् ।
मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।
आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने,’ माग पत्रमा भनिएको छ ।
१५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङग्याउनुपर्ने उनीहरुको पहिलो माग गरेका छन् ।
वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने र पार्टीको आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने पनि उनीहरूको माग छ ।
‘आगामी १५ औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने र आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने मागहरू क्रमशः पाँचौ र छैटौं बुँदामा राखिएको छ ।
‘संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्ने,’ माग पत्रको सातौं बुँदामा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमंसिरमा महाधिवेशन माग गर्दै कांग्रेसका २५ सदस्यले बुझाए माग पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img