भद्रपुर २८ कार्तिक । सनसाईन बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शुक्रबार चन्द्रगढीमा सम्पन्न भएको छ ।
जेष्ठ सदस्य गंगा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष बालकृष्ण बास्तोलाले सहकारीको ८४ लाख ७१ हजार ३४ आम्दानी गरेको संस्थाले १४ लाख १९ हजार सातसय २५ रुपैयाँ नाफा कमाएको संस्थाको सांगठनिक प्रतिवेदन उल्लेख गरिएको छ । कार्यक्रममा शेयर सदस्य सन्ततिमध्येबाट २०८१ सालको एस ई ई परिक्षामा उत्कृष्ट हुने नन्दनी चौधरी र छात्र प्रतिक राजवंशी, उत्कृष्ट बचतकर्ता शान्ता पौडेल र माया तामाङ तथा ऋणी युवराज श्रेष्ठ र मिना लिङदेनलाई नगद सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा यस वर्ष संस्थाका संचालक सल्लाहकार मध्येबाट राजेन्द्र रिजाल तथा जेष्ठ सदस्य प्रमुख अतिथि कार्कीलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
बास्तोलाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि कार्की, सहकारी अभियान्ता डिल्ली दाहाल, सल्लाहकार समिति संयोजक रिजाल , दयालाल राजवंशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन टीकाप्रसाद दाहाल र स्वागत मन्तव्य उपाध्यक्ष श्याम खतिवडाले गर्नु भएको थियो ।
सनसाईन सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न



















