बिर्तामोड २७ कात्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका लागू औषध कसुरका फरार दुईजनालाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय सरोज पौडेल र वर्ष २५ का पंकजराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।
जेनजी आन्दोलनमा इप्रका अनारमनीबाट फरार दुईजना पक्राउ

































































































