Homeसमाचारस्वास्थ्य सम्बन्धी समस्या बढी

स्वास्थ्य सम्बन्धी समस्या बढी

शनिश्चरे । मानवअधिकार र सामाजिक न्यायका निम्ति शिक्षा स्वास्थ्य खाद्य र आवासका बिषयमा सेवा प्रदायक र सेवाग्राही बीचमा अन्तरक्रिया सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका–७ को वडा कार्यालयको सभाहलमा सम्पन्न अन्तरक्रियामा स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सवाल बढी मात्रामा उठेका थिए ।
अर्जुनधारा नगरपालिका अन्तर्गत मानव अधिकार समूह नगर समितिको आयोजना र अनौपचारिक सेवा केन्द्र इन्सेक े बिराटनगरको सहयोगमा भएको कार्यक्रममा सहभागी सेवाग्राहीहरु लोकनाथ पौड्याल, केदार खतिवडा, पम्फा विश्वकर्मा, नरेन्द्र तिम्सिना लगायतले शिक्षा स्वास्थ्य खाद्य र आवासका समस्या राखेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत,पशु–पंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, कृषि विकास शाखा प्रमुख दिपक गिरी, महिला तथा बालबालिकाका शाखाका प्रमुख सुमित मगरले सेवाग्राहीहरुले राखेका सवालको जवाफ दिएका थिए।
मानव अधिकार समूह अर्जुनधारा नगर समितिका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नरेश खातीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत सहजकर्ता राजन साम्पाङ्गले गरेका थिए भने, संचालन शुशिला गिरीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वास्थ्य सम्बन्धी समस्या बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img