Homeसमाचारसमाचाररिचुको कुकुर मोह

रिचुको कुकुर मोह

मान्छेका सौख आ–आफ्नै हुन्छन् । प्राणीप्रतिको मोह आ–आफ्नै नेचर अनुसार फरक फरक हुन्छ । कसैलाई गाई मन पर्छ त कसैलाई बिरालो । कसैलाई कुकुर त कसैलाई खरायो । यही फरकपनले नै जो कोही मान्छेमा आफ्नै पहिचान हुन्छ ।
विर्तामोड–५ की रिचु विमली मान्छेलाई भन्दा बढी कुकुरलाई माया गर्छिन् । आफूले घरमा पालेको कुकुर मात्र होइन सडक गल्लीमा हिड्ने कुकुर देख्दा पनि उनलाई त्यत्तिकै माया लाग्छ रे । आफू जन्मिदैदेखि कुकुरको साथ रहेको बताउँदै रिचुले भनिन्–‘जन्मिदै देखि कुकुरसंग हुर्केको, ठूलो टाइगर भन्ने भोटे कुकुर थियो, म जता गयो त्यतै जान्थ्यो, अहिलेसम्म कहिलेपनि छुटेको छैन क्या कुकुरहरुको साथ ।’ बाटो र घरमा पालेको दुवै उस्तै लाग्छ ।’ उनीहरुप्रति एकदमै एट्रयाक्टेड ।’


बाटोमा हिड्ने कुकुरलाई कसैले खेदायो भने पनि आफूलाई रिस उठ्ने उनले बताइन् । कलेजको क्यान्टिनमा आएको एउटा कुकुरलाई साथीहरुले हेप्दा उनलाई रिस उठ्थ्यो रे । रिक्षुले भनिन्–‘त्यो कुकुरलाई हेपेको देख्दा रिस उठ्थ्यो म झगडा गरिहाल्थे । पछि पछि त सबैले राम्रो गर्न थाले ।’
त्यसो त साथीहरुले वर्थ डेमा माछा गिफ्ट दिन खोज्दा उनले कुकुर नै मागिन रे । बर्थ डेमा गिफ्ट पाएको छुने (सानो कुकुर) लाई देखाउँदै उनले भनिन्–‘साथीहरुले बर्थ डे गिफ्ट के दिउँ ? माछा दिउँ भने, मैले होइन कुकुर देऊ भनें त्यही गिफ्ट हो यो ।’ रिचुले कुकुरलाई देखाउँदै भनिन् ।
काठमाडौंमा डेराको बसाईमा पनि रिचुले कुकुरको साथ छोडिनन् । साथीहरुले दिएको गिफ्टलाई विहान कलेज जाँदा दिदी मनिषालाई जिम्मा लगाएर जाने गरेको उनले बताइन । कलेजबाट आएपछि आफूहरु जता गयो त्यतै लगेको बताउँदै रिचु र मनिषाले भने–‘हामी जहाँ गयो त्यही गाको छ, होटल, रेष्टुरेन्ट, एयरपोर्ट सबैतिर गएको छ ।’ काठमाडौंको चिसो, छुने र एयरपोर्ट जाँदाको स्मरण गर्दै भनिन्–‘एयरपोर्ट गएका थियौं, अत्यन्तै चिसो थियो, वर्कीले छोपेर बोकेको थिएँ, नानी जस्तो लागेछ क्यार अरुले बस्ने ठाउँ छोडिदिए ।’


आफुले जन्म दिनमा उपहार पाएको कुकुरलाई रिचुले काठमाडौंमा दुईमहिनासम्म राखिन् रे त्यसपछि झापा आउँदा घरमा लिएर आएको उनले बताइन् । काठमाडौंमा हुँदा स्कुटरमा यात्रा गर्ने उनीको छुनेलाई पनि स्कुटरमा बस्न बानी परिसकेको बताइन् ।
एकछिन खोरमा राख्दा पनि रिसाउने गरेको बताउँदै रिचुले भनिन्–‘रिसाउँछ, केही दिन घरमा छोडेर पुन घर फर्कंदा दुईदिनसम्म रिसाउने गरेको बताउँदै उनले भनिन्–‘आउने वित्तिकै जान्छ, कोतार्न खोज्छ, लट्पटिन्छ, हुँ…र्र हुँ…र्र गर्छ, अनि दुई दिन जति बोल्दैन, अनिमात्रै छेउमा रमाउन थाल्छ ।’
रिचुको कुकुर मोहबारे उनकी आमा पार्वता विमलीले संक्षिप्तमा भनिन्–‘मान्छेले पानी माग्यो भने दिन्न, तर कुकुरलाई दिन्छे । उनले बर्थ डेमा गिफ्टको रुपमा पाएको सानेलाई उ बस्ने घरमा राख्यो भनेपनि बाझ्ने गरेको रिचुको बुझाई छ । त्यहाँ राख्यो भने रिसाउँछ, किन राखिस् भन्छ । हाम्रो जस्तो नबोले पनि हाउभाउ बुझिन्छ रिचुले थपिन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचाररिचुको कुकुर मोह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img