Homeसमाचारबङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को नेपालमा प्रभाव पर्ने

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को नेपालमा प्रभाव पर्ने

बिर्तामोड १३ कात्तिक । देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को
प्रभाव पर्ने भएकोछ । मोन्थाको प्रभावका कारण बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा आजदेखि तीन दिनसम्म पानीको बहाव बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार, ती प्रदेशका केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन र सम्भावित बाढीबाट बच्न आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न, आपतकालीन सामग्री तयारी गर्न, र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को नेपालमा प्रभाव पर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img