भद्रपुर १ कार्तिक । दुर्गा पान्चायन मन्दिर भद्रपुर १० धनुषमोड झापाको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले शालिकराम नेपालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
मन्दिर सभाहलमा शनिबार सम्पन्न सभाले वरिष्ठ उपाध्यक्षमा सकुन्तला पोखरेल, उपाध्यक्ष देवी प्रधान, सचिवमा काशीनाथ घिमिरे , सह सचिवमा नयाँ नाथ पाण्डे र कोषाध्यक्ष पदमा किसोरकुमार पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । आगामी ३ बर्पे कार्यकालका लागि गठित समिति सदस्यहरुमा क्रमशः खड्गबहादुर बुढाथोकी, पुष्पा घिमिरे, हरी रिमाल, डिल्ली आचार्य र होमा न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको छ ।
सोही सभाले मदनप्रसाद खतिवडाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गर्नु भएको यस अघि सम्पन्न उद्घाटन सत्रमा मन्दिर व्यावस्थापन समितिका कार्यवाहक अध्यक्ष सकुन्तला पोखरेलले संस्थाको गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो ।
सचिव शालिकग्राम नेपालले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य सदस्य नयाँ नाथ पाण्डेले राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उपप्रमुख राधा कार्की , १० नं. वडाध्यक्ष टेकबहादुर खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।
दुर्गा पान्चायन मन्दिरको अध्यक्षमा शालिकाराम

































































































