Homeसमाचारझापासहित देशभर बाढी, पहिरो र डुवान

झापासहित देशभर बाढी, पहिरो र डुवान

झापा १९ असोज । अविरल वर्षातका कारण झापासहित देशभरका विभिन्न ठाउँमा डुवान भएको छ । डुवानका कारण झापामा मात्रै सयौं परिवार विस्थापित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा लगभग २०० मिटर तटबन्धन कटान गरेको छ ।


यसबाट होकलबारी गाउँको झण्डै १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ । साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ । यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । झापा गाउँपालिकामा २०० घर डुवानमा परेको बताइएको छ । डुवानमा परेकाहरुको उद्दारका लागि शसस्त्र प्रहरी, जनपद प्रहरी निरन्तर खटिएको बताइएको छ ।


यसैगरी मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरुमा भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ
बर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागको ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् ।
यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ ।
ती नदीमा आज बेलुकासम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने सोमबार बिहानसम्मै मध्यम प्रकृतिको जोखिम रहने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापासहित देशभर बाढी, पहिरो र डुवान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img