HomeFeatured 2इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या बढ्दै ३७ पुग्यो

इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या बढ्दै ३७ पुग्यो

इलाम १९ असोज । शनिबारदेखि परेको अविरल बर्षातका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । बर्षातका कारण देशभर जन र धनको समेत क्षति भएको छ । प्राप्त जानकारी अनुसार बाढीसंगै गएको पहिरोका कारण इलामका विभिन्न ठाउँका ३४ जना पुगेको छ भने चारजना बेपत्ता छन् ।
प्राप्त सूचना अनुसार सूर्योदय नगरपालिका वडा नं. १ मा ५ जनाको ज्यान गएको छ भने इलाम नगरपालिका वडा नं. ६ घोषमा एकै परिवारका ६ जनाले पहिरोमा परी ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
त्यसैगरी सन्दकपुर गाउँपालिकामा ४ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकाका ६ जना, माईजोगमाई गाउँपालिकामा ७ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाएको मृत्यु भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार सन्दकपुर गाउँपालिकामा २ जना माइजोगमाई गाउँपालिकामा १ जना इलाम नगरपालिकामा ६ मा १ जना बेपत्ता भएको स्थानीयले जनाएका छन् । मृत्यु भएका मध्ये ११ जनाको पोष्टमार्टम भएको बताइएको छ । बेपत्ताको खोजी कार्य निरन्तर जारी रहेको छ । खोजी तथा उद्दारमा शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयबासी लागेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या बढ्दै ३७ पुग्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img