Homeसमाचारबेवारिसे १८ बोरा गाँजा बरामद

बेवारिसे १८ बोरा गाँजा बरामद

सुनसरी १२ असोज । सुनसरीको कोशी गाउँपालिका– ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी हरिपुरबाट चाडपर्व लक्षित सुरक्षा गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित पूर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको बताइएको छ । यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका–१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान- ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबेवारिसे १८ बोरा गाँजा बरामद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img